काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको मूल्य बढेर २ वर्षकै उच्च विन्दुमा पुगेको छ।
मंगलवार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य करीब २ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ डलर १५ सेन्टमा पुगेको थियो। ब्रेन्टको मूल्य ७० डलरमाथि पुगेको यो मार्चयता पहिलो पटक हो।
अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि ३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ६८ डलर ६१ सेन्टमा पुगेको छ। यो २ वर्षभन्दा बढी समययताकै उच्च हो।
यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।