काबुल- अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडीएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार परवान प्रान्तको चारिकार सहरमा उक्त घटना भएको थियो। उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।
अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तीव्ररुपमा बढेका छन्। यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानवअधिकारवादीहरुले बताएका छन्। आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन्।
विवरणअनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।