ग्वान्जाओ- काेराेना नियन्त्रण भइसकेकाे चीनकाे ग्वान्जाओ सहरमा पुन: संक्रमित फेला पर्न थालेका छन्।
ग्वान्जाओ सहरमा ३० र ३१ मेमा २७ काेराेना संक्रमित फेला परेकाे समाचार एजेन्सी राेयटर्सले जनाइएकाे हाे। यीमध्ये ७ संक्रमित अन्य देशहरूबाट ग्वान्जाओ पुगेकाे बताइन्छ। बाँकी २० संक्रमित स्थानियस्तरमा फेला परेका हुन्।
काेराेना संक्रमित फेला परेसँगै ग्वान्जाओ सहरमा उच्च सतर्कता अपनाइएकाे छ। यस्तै, सहरका सबै व्यक्तिकाे काेराेना परीक्षण गरिने भएकाे छ।
काेराेना संक्रमित फेला परेसँगै ५५१ उडान तथा अवतरण रद्द गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।