काठमाडाैं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बिहारमा एक हप्ता लकडाउन थप गरिएको छ।
बिहारका मुख्यमन्त्री नीतीश कुमारले सामाजिक सञ्जालमार्फत् ८ जुनसम्म लकडाउन थप गरिएको जानकारी दिएका हुन्।
‘कोरोना संक्रमणलाई ध्यानमा राख्दै लकडालाई एक हप्ता थप गर्ने निर्णय गरिएको छ। तर, व्यवसायका लागि थप छुट दिइनेछ। सबै व्यक्तिले मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गर्दछु,’ उनले ट्वीटरमा लेखेका छन्।
बिहारमा ५ मेदेखि लकडाउन जारी छ। आइतबार बिहारमा १ हजार ४७७ संक्रमित फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।