काठमाडौं- आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी स्वेच्छिक अवकाश कार्यक्रम परिमार्जन गरेको छ। परिमार्जन गरी अवकाश कार्यक्रमबाट निवेदन फिर्ता लिन सकिने प्रावधान राखिएको छ।
यसअघि निवेदन दिएपछि फिर्ता लिन नसकिने प्रावधान राखिएको थियो। ओली सरकारले अवकाश कार्यक्रम स्थगित गरेको छ।
बैठकले श्रम नियमावली स्वीकृत गर्ने तथा नेपाल र कोरियाबीचको श्रमसम्बध नवीकरण गर्ने पनि निर्णय गरेका छ।
२०७४ साउन ८ गते चितवनको इच्छाकामना गाउँपालिका ६ को ४ किलो भन्ने स्थानमा गएको पहिरो हटाउने क्रममा ज्यान गुमाएका ४ जना प्रहरीका परिवारलाई १० लाखको दरले आर्थिक सहायता उपलब्ध गराउने, शिक्षाको अधिकार सम्बन्धि विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न स्वीकृत दिएको छ। त्यस्तै सरकारले साहित्यकार गोपालप्रसाद रिमालको नाममा पुरस्कार पनि स्थापना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।