क्वलालम्पुर- कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि मलेसियन सरकारले पुन: लकडाउनकाे घाेषणा गरेकाे छ।
सरकारले १ जुनदेखि लागू हुनेगरि १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे हाे।
सरकारले लकडाउनमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वित्तीय तथा सामाजिक क्रियाकलापलाई प्रतिबन्ध लगाउने जनाएकाे छ।
यसैगरी स्थल, हवाई तथा जलमार्गबाट सञ्चालित हुने यातायातका सेवामा पहिल्यै झै सञ्चालन गर्न दिइने जनाएकाे छ।
क्वारेन्टिन तथा आइसोलेसनको लागि मात्र खुल्ने गरी होटल तथा आवाससम्बन्धी सेवाहरू सञ्चालन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।