काठमाडाैं- भियतनाममा भेटिएको भनिएको भारत र बेलायतकाे मिश्रणयुक्त कोरोनाको नयाँ भेरियन्ट हावाबाट छिट्टै सर्नसक्ने दाबी गरिएको छ।
भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले ‘हाइब्रिड भेरियन्ट’ फेला परेको दाबी गरेका हुन्।
‘भियतनामले भारत र बेलायतमा फेला परेका दुई भेरियन्टका विशेषताहरुको संयोजन गर्दै नयाँ भेरियन्ट पत्ता लगाएको छ। यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको छ। हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक छ,’ उनले सरकारको एक बैठकमा भने।
नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन।
सन् २०१९ को अन्तिममा चीनको उहानमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ। यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।