लखनउ- भारतकाे उत्तर प्रदेश सरकारले ६०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे जिल्लामा पुन: लकडाउन गर्ने भएकाे छ।
आइतबार सरकारले ६०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे जिल्लामा १ जुनबाट लकडाउन घाेषणा गरिने जानकारी दिएकाे हाे।
उत्तर प्रदेश २० जिल्ला छन्। यी जिल्लामाध्ये कतिपय स्थानमा ६०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे बताइन्छ। त्यसैले लकडाउन गर्न कुनै ढिलाइ नगरिने सरकारले जनाएकाे छ। यसका साथै लखनउ, नोएडा र गाजियाबादमा पनि लकडाउन लागू हुनेछ।
सरकारले जारी गरेको दिशानिर्देशमा ६०० भन्दा कम सक्रिय संक्रमित भएकाे जिल्लामा पसलहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिइने छ।
यसबाहेक सहरी र ग्रामीण क्षेत्रहरूमा सप्ताहन्त कर्फ्यू जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।