काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन्। बजेटप्रति जवाफदेही रहेकाे भन्दै उनले कार्यान्वयन गरेर देखाउने बताए।
'बजेट सुनाउनका लागि होइन। कार्यान्वयनका लागि ल्याइएको हो। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने,'बजेटप्रति जवाफदेही छौं।'
उनले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुविधा नराख्न पनि आग्रह गरे। उनले कुनै ठाउँमा बसेर केही नेताले बक्तव्य दिँदैमा सरकारको बैधानिकता खण्डित नहुने बताए।
संविधान अनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको उनले स्पष्ट पारे।
कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उनले समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताए।
उनले बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढने जानकारी दिए।
यता, अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासकासाथ बजेट आएको बताए।
राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताए।
प्रतिनिधि सभा विघटन भएपश्चात संविधानको व्यवस्था बमोजिम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएकाे उनकाे दाबी।
प्रत्येकवर्ष जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था पालना गरिएको। साथै, प्रदेश र स्थानीय तहमा आगामी असार १ र असार १० गते भित्र बजेट सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्थाका कारण प्रदेश र स्थानीइ तहको स्रोत सुनिश्चित गर्न बजेट अत्यावश्यक रहेको उनकाे भनाइ छ।
बजेटले वित्तीय संरचनाको आधारभूत मान्यतालाई असर पर्ने कुनै काम गरेको नगरेकाे उनकाे दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।