कराची- पाकिस्तानका विपक्षी ११ राजनीतिकदलहरुकाे गठबन्धन पाकिस्तान डेमोक्रेटिक पार्टी (पीडीपी) ले इमरान खानको सरकारविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गरेको छ।
आन्दोलनको सुरुवात स्वात जिल्लाबाट ४ जुलाईमा हुने बताइएकाे छ। पीडिएम संयोजक फजलुर रहमानका अनुसार स्वातपछि कराची, इस्लामावाद र अन्य सहरहरुमा पनि सरकारविरुद्ध प्रदर्शन गरिनेछ।
‘पीडीपीले देशभर विरोध प्रदर्शन गर्ने योजना बनाइसकेको छ र ४ जुलाईमा स्वाटबाट भव्य प्रदर्शन शुरु हुनेछ,’ रहमानले भने।
यस्तै, विपक्षीहरुले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभिएम) बाट चुनाव गराउने सरकारको याेजनालाई धाँधलीकाे संज्ञा दिएका छन्। उनीहरुले ईभिएमबाट चुनाव गराउने योजना अस्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।