• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुरक्षामा वर्षेनी बढ्दै बजेट, गृह र रक्षा दुवैको बढ्यो

64x64
नेपाल लाइभ आइतबार, जेठ १६, २०७८  २०:३४
1140x725

काठमाडौं- २०६२/६३ पछि सरकारले सुरक्षा क्षेत्रमा बिनियोजन गर्ने बजेटको खुबै चासो हुन्थ्यो। सरोकारवालाले त्यसमा सूक्ष्म निगरानी गर्थे। भर्खरै सशस्त्र द्वन्द्वबाट बाहिर निस्केको मुलुकमा सुरक्षा स्वाभाविक रुपमा चासोको विषय हुन्थ्यो। र, पनि शान्तिकालमा सरकारले रक्षा बजेट, खासगरी सेनालाई दिने बजेट बढाउँदा आलोचना हुने गर्थ्यो। सुरक्षातर्फ प्रहरीको बजेट नबढाइएको तर सेनालाई खुसी पार्न बर्षेनी बजेट बढाउँदै लगिएको टिप्पणी हुने गर्थ्यो।

त्यसयता सुरक्षामा विनियोजन गरिने बजेट धेरैको चासोमा पर्ने गरेको छैन। सरकारले भने वर्षेनी यो बजेट बढाउँदै लगेको छ। कोरोना महामारीकै बीच अध्यादेशबाट ल्याइएको आउँदो आर्थिक वर्षको बजेटमा पनि सुरक्षा खर्च बढाइएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको वार्षिक आय र व्ययको अनुमानअनुसार सुरक्षाका सबै क्षेत्रमा बजेट बढाइएको छ।

सुरक्षातर्फ सरकारले मुख्यतः दुई ठाउँमा बजेट बिनियोजन गर्छ, गृह र रक्षा मन्त्रालय मार्फत्। आन्तरिक सुरक्षातर्फको तालुकदार अड्डा गृह मन्त्रालय हो भने बाह्य सुरक्षा हेर्ने निकाय, नेपाली सेनाको तालुकदार अड्डा रक्षा मन्त्रालय हो। गृह मन्त्रालयअन्तर्गत आउँदो वर्षका लागि १ खर्ब ६६ अर्ब ९० करोड ३५ लाख र रक्षा मन्त्रालयअन्तर्गत ५१ अर्ब ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षको तुलनामा गृह र रक्षा दुवै मन्त्रालयको बजेट बढाइएको हो। चालु आर्थिक वर्षमा गृह मन्त्रालयका लागि एक खर्ब ३८ अर्ब ६२ करोड र रक्षाका लागि ५० अर्ब २५ करोड ८६ लाख विनियोजन भएको थियो।

अघिल्लो आर्थिक वर्षमा गृहको बजेट एक खर्ब ५ अर्ब ६८ करोड १९ लाख र रक्षामा ४८ अर्ब २४ करोड ३७ लाख विनियोजन गरिएको थियो । यसरी हेर्दा सरकारले हरेक वर्ष आन्तरिक सुरक्षा र बाह्य सुरक्षा (प्रतिरक्षा) दुवैमा बजेट बढाउँदै लगेको देखिन्छ। 

गृह मन्त्रालयअन्तर्गत् नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, देशभरका जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग र कार्यालयहरु तथा अध्यागमन विभाग र कार्यालयहरु पर्छन्। रक्षा मन्त्रालयअन्तर्गत् जाने बजेट भने लगभग सबै नेपाली सेनाका लागि हुने गर्छ।

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री नेपाल प्रहरीलाई चुस्त राखी अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने हातहतियार, सुरक्षा उपकरण तथा सवारीसाधनको व्यवस्था गरी सुरक्षा निकायलाई सुदृढ र सवलीकरण गरिने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरी, सीमा सुरक्षालाई थप मजबुत बनाउन भन्दै १२० वटा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बीओपी) थप गरिने बजेट भाषणमा उल्लेख छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउने बताइएको छ। त्यसका लागि यात्रुको विवरण अग्रिम रुपमा प्राप्त हुने 'एड्भान्स पेसेन्जर इन्फर्मेसन सिष्टम', विद्युतीय प्रवेशद्वार, क्यूआरकोडसहितको विद्युतीय भिसा जारी गरिने व्यवस्था मिलाइने बताइएको छ।

यसले अध्यागमन थप सुरक्षित र व्यवस्थित हुनेछ। सीमा नाकाका अध्यागमनमा समेत विदेशी नागरिकको बायोमेट्रिक विवरणसहितको अभिलेख विद्युतीय प्रणालीमा अद्यावधिक गरिने घोषणा गरिएको छ। 

कारागारलाई सुधार गृहमा विकास गरिने योजनाले यसपटक पनि निरन्तरता पाएको छ। नुवाकोट र बाँकेमा बन्दै गरेको खुला कारागार निर्माण कार्य आगामी वर्ष सम्पन्न हुने अर्थमन्त्री पौडेलले बताएका छन्। उता पाँचथर र मोरङमा कारागार निर्माण गर्न रकम विनियोजन गएिको छ। 

कारागारको इतिहास प्रतिबिम्बत हुने गरी कारागार संग्रहालय समेत बनाइने भएको छ। त्यसका लागि केन्द्रीय कारागार सुन्धारा परिसरमै संग्रहालय बनाइने बताइएको छ।

लागूऔषध उत्पादन, ओसारपसार र बेचविखन नियन्त्रण गर्न समेत भनेर बजेट विनियोजन गरिएको छ। सेनाको क्षमता अभिवृद्धि गर्दै सेनालाई अब विपद् व्यवस्थापनमा पनि मुख्य जिम्मेवारी दिएर खटाइने भएको छ। यसपघि सेना विपद् व्यवस्थापन खट्दै आएकोमा त्यसलाई थप विस्तार गर्दै विपद् व्यवस्थापनमा खटाइने बजेट भाषणमा उल्लेख छ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक एवम् शैक्षिक पूर्वाधार निर्माणका लागि पनि बजेट छुट्याइएको छ। विपद् जोखिमको व्यवस्थापन गर्न सरकारी कोषमा परेको चापलाई कम गर्न विपद् जोखिम न्यूनीकरण वित्तीय रणनीति कार्यान्वयन गरिने बताइएको छ। विपद् जोखिमको पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने बजेट भाषणमा उल्लेख छ।

डढेलोबाट हुने क्षति न्यूनीकरण गर्न नेपाली सेनाको व्यवस्थापनमा परिचालित हुनेगरी पानी खन्याउने बकेटसहितको हेलिकप्टर तथा अन्य उपकरणहरू तयारी अवस्थामा राखिने बताइएको छ।

विपद् उद्धार तथा व्यवस्थापनका लागि सबै प्रदेशमा 'मल्टिपर्पोज रोबोटिक फायर फाइटिङ', अत्याधुनिक 'फायर ब्रिगेड', 'मल्टिसिटर' एम्बुलेन्स, 'रेस्क्यु भेहिकल' र सबै स्थानीय तहमा दमकल व्यवस्था गरी अग्निजन्य विपद् न्यूनीकरण र व्यवस्थापन गरिने अर्थमन्त्रीले  घोषणा गरेका छन्।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, भदौ ९, २०८३
आज पनि बढ्यो सुनको मूल्य गत बिहीबारबाट उकालो लागेको सुनको मूल्य सोमबार (भदौ ८) प्रतितोला ३ हजार २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा मंगलबार, भदौ ९, २०८३
खैरो हेरोइनसहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
२ लाख विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने अमेरिकाको तयारी मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्