काठमाडौं- अन्तर-सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघ सरकारबाट प्रदेश सरकारमा जाने रकमको विवरणमा सबैभन्दा बढी प्रधानमन्त्रीको गृहजिल्ला भएको प्रदेश-१ मा देखिएको छ।
संघ सरकारले विभिन्न ४ वटा शीर्षकमा प्रदेशहरुलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ बराबर पठाएको छ।
जसअन्तर्गत समानीकरण अनुदानतर्फ ५७ अर्ब ९५ करोड ४८ लाख र सशर्ततर्फ ३५ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ।
त्यस्तै, विशेष अनुदानतर्फ ४ अर्ब १५ करोड र समपुरक अनुदानतर्फ ५ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ बराबर बजेट प्रदेशहरुले पाएका छन्।
अन्तर-सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत ७ वटा प्रदेशले संघ सरकारबाट पाएको बजेटमा चालुतर्फ ७४ अर्ब २२ करोड १७ लाख र पूँजीगततर्फ २९ अर्ब ४८ करोड ८ लाख रुपैयाँ बराबर रहेको छ।
कुन प्रदेशमा कति बजेट?
- प्रदेश-१ मा १६ अर्ब २९ कररोड ३६ लाख रुपैयाँ (जसमा समानीकरण अनुदानतर्फ ८ अर्ब ५६ करोड ७८ लाख, सशर्ततर्फ ५ अर्ब ९६ करोड ७७ लाख, विशेष अनुदानतर्फ ५९ करोड ३३ लाख, र समपुरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ )
- प्रदेश-२ का लागि १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ (जसमा समानीकरण अनुदानतर्फ ७ अर्ब ३९ करोड ३४ लाख, सशर्ततर्फ ५ अर्ब ५७ करोड ५२ लाख विशेषतर्फ ५८ करोड ७९ लाख र समपुरक अनुदानतर्फ ३४ करोड ६९ लाख रुपैयाँ)
- बागमती प्रदेशका लागि १४ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ (समानीकरणतर्फ ७ अर्ब ८५ करोड ९० लाख, सशर्ततर्फ ५ अर्ब ७३ करोड ४६ लाख, विशेष अनुदानतर्फ ५५ अर्ब ८४ लाख र समपुरक अनुदानतर्फ ५७ करोड ४८ लाख रुपैयाँ बराबर)
- गण्डकी प्रदेशका लागि १३ अर्ब २ करोड ९७ लाख (समानीकरणातर्फ ७ अर्ब ४२ करोड २८ लाख र सशर्ततर्फ ४ अर्ब १८ करोड ४३ लाख विशेष अनुदानतर्फ ५४ करोड ९० लाख र समपुरकतर्फ ८६ लाख ३६ हजार रुपैयाँ)
- लुम्बिनी प्रदेशलाई १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ (समानीकरण अनुदानतर्फ ८ अर्ब २ करोड ५७ लाख, सशर्ततर्फ ६ अर्ब २३ करोड ३ लाख, विशेषतर्फ ६३ करोड ४९ लाख र समपुरकतर्फ ७२ करोड १६ लाख रुपैयाँ)
- कर्णाली प्रदेशका लागि १५ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ (समानीकरण अनुदानतर्फ १० अर्ब १४ करोड २१ लाख, सशर्ततर्फ ३ अर्ब ९८ करोड ७७ लाख, विशेष अनुदानतर्फ ६१ करोड ३० लाख र समपुरकतर्फ ८१ करोड ३५ लाख रुपैयाँ)
- सुदूरपश्चिम प्रदेशका लागि १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ (समानीकरण अनुदानतर्फ ८ अर्ब ५४ करोड ४० लाख, सशर्ततर्फ ४ अर्ब १९ करोड ३३ लाख, विशेष अनुदानतर्फ ६१ करोड ३५ लाख र समपुरकतर्फ १ अर्ब २२ करोड ९४ लाख रुपैयाँ )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।