• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

निजी क्षेत्रको प्रतिक्रिया : बजेट केही उत्साहजनक, तर कार्यान्वयन कसरी होला? 

64x64
नेपाल लाइभ शनिबार, जेठ १५, २०७८  २३:०८
1140x725

काठमाडौं-सरकारले अध्यादेशमार्फत् ल्याएको आउँदो आर्थिक वर्ष २०७८÷७९ को वजेटबारे निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ। निजी क्षेत्रका प्रतिनिधिहरुले बजेट केही उत्साहजनक नै देखिएको बताए। तर, यसको कार्यान्वयनमा भने आशावादी हुने ठाउँ निकै कम रहेको उनीहरुको टिप्पणी छ। 

निजी क्षेत्रका कसले के भने?
शेखर गोल्छा

अध्यक्ष,  नेपाल उद्योग वाणिज्य महासंघका  
अप्ठेरो अवस्थामा आएको बजेट समग्रमा राम्रै छ।  निजी क्षेत्रले दिएका सबै सुझाव नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भनिहाल्न नमिल्ला। 
हामीले जुन बेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन। 
यो सरकार चुनावी सरकार वा विषम परिस्थितिको सरकार हो, यो बेलामा धेरै अपेक्षा गर्न सक्ने पनि कुरा भएन। बजेट समग्रमा राम्रो नै भन्न पर्छ। तर, बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने आशंका छ। 
विगतमा बजेट राम्रो आए पनि कार्यान्वयन पक्ष फितलो हुँदा सफल नभएका कैयौं उदाहरण हामीसँग छन्। यस वर्ष आशावादी हुनलाई केही त हुनुपर्ला। विगतदेखि नै समस्या कार्यान्वयनमा छ, यो समस्या यस वर्ष पनि यथावत नै रहन्छ। 

चन्दप्र्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ 
अप्ठेरो परिस्थितिमा आएको बजेटलाई समग्रमा सन्तोषजनक भन्नुपर्छ। मैले यसमा निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको पाएँ।महामारीका बेला आएको बजेट भएका कारण यसले स्वास्थ्य क्षेत्र नै प्राथमिकतामा राख्नुपर्ने थियो, त्यो राखेको  देखियो। 

सरसर्ती हेर्दा राम्रै छ, अझ हामी राम्रोसँग हेरेर संस्थागत धारणा पनि सार्वजनिक गर्छौं। पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रको रुपमा व्याख्या ग¥यो, यो एकदमै राम्रो छ। आन्तरिक पर्यटनलाई सकारात्मक बनाउने केही व्यवस्था गरिएका छन्, यो राम्रो कुरा हो। 

Ncell 2
Ncell 2

नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई एक महिनाका लागि भिसा फ्रि दिने बजेटमा उल्लेख गरिएको छ। रकम ठूलो नभए पनि यसले राम्रो सन्देश बाहिर जाने देखिन्छ। कर्मचारीलाई १० दिने भ्रमण बिदा, स्टार्टअपका लागि बिउ पूँजी दिने व्यवस्था, संरक्षित क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लगायतका विषयवस्तु राम्रा छन्।  निजी क्षेत्रले माग गर्दै आएको खनिजजन्य पदार्थहरुको वातावरणीय प्रभावलाई ध्यान दिँदै निर्यातमा पनि ध्यान दिनुपर्छ भनेका थियौं, त्यो सम्बोधन भएको छ। समग्रमा बजेट राम्रो भए पनि कार्यान्वयन पनि राम्रो हुनुपर्छ। 

सतिश मोर
अध्यक्ष, नेपाल उद्योग परिसंघ 

कोभिडको समयमा चुनावी सरकारले पूर्ण बजेट ल्याउनु सुखद मान्नुपर्छ, तर कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ। आर्थिक पुनरोत्थानका लागि बजेट ठीकै देखिन्छ। नेपाल उद्योग परिसंघले सरकारलाई बुझाएका सुझाव बजेटमा धेरै परेको देखिन्छ।

मेड इन नेपाल, मेक इन नेपाल अभियान, स्टार्टअपलाई आयकरमा छुट, उद्योगको लागत घटाउन बजेटले उपयुक्त नीति लिएको देखिन्छ। उद्योगको डिजेललाई खर्चमा लेख्न पाउने व्यवस्था, कच्चा पदार्थ आयातमा छुट जस्ता विषय बजेटको सकारात्मक पक्ष हुन्। 

राजेन्द्र मल्ल 
अध्यक्ष, चेम्बर अफ कमर्श 

कामचलाउ सरकारले ‘पपुलिष्ट’ बजेट ल्याएको देखिन्छ। यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको छ। निजी क्षेत्रले दिएको सुझावअनुसार नै बजेट आए पनि सरकारको स्थिरतासँग बजेट जोडिने भएकाले कार्यान्वयन चुनौतीपूर्ण देख्छु। 

१६ खर्ब ४७ अर्बको बजेटले लिएको राजश्व संकलनको लक्ष्य महामारीको बीचमा कठिन देखिन्छ। लकडाउन र कोरोना महामारीले देश थलिएको अवस्थामा यो कठिन छ। मुलुकले १० खर्बको राजश्व संकलन गर्न सहज छैन।  

कोभिडपछिको अर्थतन्त्र पुनरोत्थानको विषयमा बजेटमा स्पष्ट कुरा नआएकाले व्यवसायीले बजेटबाट पाउने कुरालाई मौद्रिक नीतिसम्म कुर्नुपर्ने देखिन्छ।
 
नरेश कटुवाल
अध्यक्ष, नेपाल राष्ट्रिय व्यवसायी महासंघ 

बजेटले समेटेको क्षेत्र ठिकै छ। हाम्रो अपेक्षा अनुसार नै बजेट आएको भन्नुपर्छ। कर छुट लगायतमा सरकारले बजेटमा ल्याएका राम्रा कार्यक्रमले समस्यामा परेको निजी क्षेत्रलाई मल्हम लगाउला। यस्तो बेलामा आएको बजेट निकै राम्रो भन्नु पर्छ। समस्यामा परेका ठूला मात्रै होइन साना तथा मझौला उद्योग व्यवसायहरुमा समेत खुशी बनाउने लक्ष्य बजेटले लिएको छ। 

वजेट राम्रो आएपनि मुख्य कुरा कार्यान्वयनकै हो। विगतमा झै कार्यान्वयन हुन नसकेमा यसको अर्थ छैन। विगतका बजेट राम्रै आए पनि कार्यान्वयन भने सधैं कमजोर हुने गरेको छ। यसपालि भने अझ राजनीतिक घटनाक्रमले कार्यान्वयनमा थप चुनौती थपेको छ। बजेटको राम्रो कार्यान्वयनमा अब सरकारले ध्यान दिनुपर्छ। 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
संसद्‌मा विपक्षी नै नरहोस् भन्ने सोच गलत : मिनेन्द्र रिजाल
१३ अंकले बढ्यो नेप्से, चार कम्पनीमा लाग्यो सर्किट
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य सामान्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ । मंगलबार, चैत ३, २०८२
सुनको भाउ बढ्दा चाँदीको घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १०० रुपैयाँले बढ्दै आज ३ लाख ९ हजार ५०० रुपैयाँमा पुगेको हो। सोमबार, चैत २, २०८२
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुन... आइतबार, चैत १, २०८२
ताजा समाचारसबै
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन मंगलबार, चैत ३, २०८२
संसद्‌मा विपक्षी नै नरहोस् भन्ने सोच गलत : मिनेन्द्र रिजाल मंगलबार, चैत ३, २०८२
१३ अंकले बढ्यो नेप्से, चार कम्पनीमा लाग्यो सर्किट मंगलबार, चैत ३, २०८२
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा मंगलबार, चैत ३, २०८२
ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रपति पौडेल मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्