Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१६ खर्ब ४७ अर्बको बजेटका यी हुन् मुख्य कार्यक्रम

64x64
नेपाल लाइभ शनिबार, जेठ १५, २०७८  २०:५९
1140x725

काठमाडौं- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गरेका छन्। अध्यादेशबाट जारी गरिएको बजेटलाई पौडेलले शनिबार सिंहदरबारबाट वाचन गरेका हुन्। १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याइएको हो। बजेटमा चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब, पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा कोभिड महामारीसँग जुध्ने कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको छ। कतिपय कार्यक्रम खारेज गरिएको छ। तलब तथा वृद्धभत्ता बढाइएको छ। यी हुन्, मुख्य कार्यक्रमः

कोभिड उपचारका लागि २६ अर्ब ७५ करोड
कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि उपकरणहरुको खरिदका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा सरकारले कर छुट दिने भएको छ। बजेट वक्तव्य पढ्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड महामारी रोकथाम र संक्रमितको उपचारका लागि बजेट अभाव हुन नदिइने बताए। कोभिड उपचारका लागि सेन्टर कमान्ड प्रणाली निर्माण गरिने उनले बताए।

वृद्धभत्ता बृद्धि
सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) १ हजार रुपैयाँ बढाउने  घोषणा गरेको गरेको छ। अहिले ३ हजार रुपैयाँ रहेको वृद्धि भत्ता बढाएर सरकारले ४ हजार रुपैयाँ बनाएको हो। योसँगै सरकारले सबै शीर्षकमा वितरण हुने सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतका दरले बढाएको हो। सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै, अर्थमन्त्री पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए। कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकूल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको पौडेलले बताए। वृद्धी भएको तलब साउन १ देखि लागू हुने छ। सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ।

त्यस्तै, सरकारले सशस्त्र र नेपाल प्रहरीको राशनभत्ता वृद्धि गरेको छ। अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गर्दै १५ प्रतिशत राशनभत्ता बढाउने जानकारी दिएका हुन्। त्यसैगरी, बोर्डर आउट पोष्ट (बिओपी) को संख्या पनि थप हुने भएको छ।  आगामी वर्षभित्र सशस्त्रका १२० वटा बिओपी थप हुने अर्थमन्त्री पौडेलले बताए।

विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, सिम ‘फ्रि’ मा
सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न सरकारले कर्जा दिने भएको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने बताए। यस्तो कर्जाको ब्याज एक प्रतिशतसम्म मात्र हुने उनले बताए।

त्यस्तै, सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ। यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ। यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

'स्टार्ट अप' व्यवसायका लागि एक अर्ब रुपैयाँको च्यालेन्ज फण्ड
सरकारले 'स्टार्ट अप' व्यवसायका लागि एक अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने घोषणा गरेको छ। उनले स्टार्ट अप व्यवसायलाई प्रवर्द्धन गर्न एकद्वार प्रणालीमार्फत सेवा प्रदान गरिने बताए। सरकारले स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा  उपलब्ध गराउने भएको छ। स्टार्ट अप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिने उनले बताए। यसका लागि एक अर्बको च्यालेन्ज फन्ड स्थापना गरिएको छ।

रासायनिक मलमा अनुदान
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम बढाएको छ। बजेटमार्फत अर्थमन्त्री पौडेलले अनुदान रकम १२ अर्ब विनियोजन गरेको जानकारी दिएका छन्। सरकारले कृषकका लागि दिने अनुदान रकम बढाएको छ। अनुदानका लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका हुन्।

बिजुलीको डिमाण्ड शुल्कमा छुट
सरकारले निषेधाज्ञा अवधिभरको बिजुलीको डिमाण्ड शुल्कमा छुट दिएको छ। २० युनिटसम्म प्रयोग गर्ने व्यक्तिगत प्रयोगकर्तालाई शतप्रतिशत छुट र उत्पादनमूलक उद्योग र होटेललाई निषेधाज्ञा अवधिभरको डिमाण्ड शुल्क पूर्णरुपमा छुट दिने अर्थमन्त्री पौडेलले बजेट भाषणमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

Xtrem

Xtrem

त्यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब विनियोजन गरिएको छ।

संसद् विकास कोष खारेज
गरिबी निवारण कोष खारेज गरिएको अर्थमन्त्री पौडेलले बताए। त्यस्तै, संसद विकासका कोषको रुपमा आएको स्थानीय साझेदारी पूर्वाधार कार्यक्रम पनि खारेज गरिएको छ।

बालबालिकाको दिवा खाजाका लागि आठ अर्ब ७३ करोड
सरकारले बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन र कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन गरेको छ। बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन शैक्षिक सत्र पूरा नगरी बीचमै कक्षा छाड्ने समस्या समाधान गर्न सार्वजनिक विद्यालयको कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन गरेको उनले बताए। यसबाट देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षसम्म देशभरका ६० प्रतिशत विद्यालयलमा ‘ व्रोडब्रान्ड इन्टरनेट’ जडान गर्ने घोषणा गरेको छ। सरकारले सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा आर्थिक अनुदान उपलब्ध गराउने भएको छ। विद्यालयलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिइने पौडेलले बताए।  यस्तो व्यवस्था कार्यान्वयनमा आए उत्कृष्ट नतिजा ल्याउने विद्यालयले धेरै अनुदान पाउने छन् भने कमसल नतिजा ल्याउने विद्यालयले कम अनुदान पाउने छन्।

रेल मार्गका लागि १० अर्ब ३ करोड
सरकारले रेल मार्गका लागि १० अर्व ३ करोड बजेटको छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले केरुङदेखि पूर्व पश्चिम रेल मार्गसम्मका लागि यो बजेट विनियोजन गरेको हो। अर्थमन्त्री पौडेलले रेलका लागि बर्दिवासमा स्टेशन र काठमाडौं उपत्यकामा रेलको अध्ययन समेत गरिने बताए।

सिग्नेचर ब्रिजका लागि बजेट
पूर्व पश्चिम राजमार्गका कोशी, नारायणी, राप्तीलगायतका १० सम्भाव्य सडक पुललाई आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने भएको छ। यी पुलहरुको डिजाइन एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदातालाई सहभागी गराइने पौडेलले बताए।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्ने भएको छ। पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्