विराटनगर- सुन तस्करमा आफू भरिया मात्र रहेको दाबी गरेका गोरेले सुन तस्करी गर्न सहयोग गरेबापतको पैसा तिरेको हिसाब राख्ने काम हत्या गरिएका सनम शाक्यले राख्ने गरेको बयान दिएका छन्। बयानको ४८औं प्रश्नमा गोरेले सनमको नाम लिएका हुन्।
'हाम्रो सुनको हिसाब-किताब राख्ने काम मृतक शनम शाक्यले गर्थे, डायरीमा उल्लेखित नाम हेर्दा सुनको कारोबारमा प्रयोग गरिएकोमा विवाद छैन,’ गोरेले भनेका छन् ‘डायरीमा नाम रहेकाहरु मध्ये म धेरैलाई चिन्छु र डायरीमा कोड भाषा समेत प्रयोग हुन्थ्यो।’
गोरेले शाक्यको हत्या भने आफूले नगरेको दाबी गरेका छन्। माछा मार्न ठिक पारिएको तारबाट करेन्ट लगाउँदा शाक्यको हत्या भएको गोरेको बयानमा उल्लेख छ। गोरेले सुनको तस्करीमा भुजुङ गुरुङका भान्जा छिरिङ गुरुङको पछि बसेर आफूले काम गर्ने गरेको बयान दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।