काठमाडौं– बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ।
यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दो जुल्दो रुप भएको र हावाको माध्यमबाट पहिलाका भेरियन्ट भन्दा तिब्र गतिमा फैलने बताइएको छ।
भियतनाम ति केही देशमा पर्छ जो गत वर्ष कोरोना भाइरसलाई फैलनबाट रोक्न सफल भएको थियो तर अहिले त्यहाँ कोरोना महामारी तिब्र गतिमा फैलिरहेको छ र स्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निकै मेहनत गर्नु परिरहेको छ।
अप्रिलको अन्तिम सप्ताहमा त्यहाँका ६३ मध्ये ३१ शहरमा संक्रमणको ३ हजार ६ सय केस दर्ता भएका थिए जुन देशमा पाइएका संक्रमितको ५० प्रतिशत हो।
समाचार एजेन्सी रोयटर्ससँग भियतानमी स्वास्थ मन्त्रीले भने, ‘हामीले संक्रमित भएका केही पीडितको नमूना लिएर जीनोम सिक्वेन्सिङ गरेका थियौं, यस क्रममा हामीले नयाँ खालको भाइरसको भेरियन्ट फेला पराका छौं जो भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दोजुल्दो रुप हो।’
उनका अनुसार अहिले फेला परेको भेरियन्ट भारतमा पाइएको भेरियन्टको जस्तै भएको तर यसमा जो म्यूटेशन देखिएको छ त्यो बेलायतमा पहिला फेला परेको भाइरसमा पाइएको थियो।
उनले भियतनामा फेला परेको नयाँ भेरियन्ट बारे विस्तारमा जानकारी दिइनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।