विराटनगर- मोरङ जिल्ला अदालतमा चलिरहेको ३८ सय किलो सुन तस्करी र शनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त मनिएका चूडामणि उप्रेती 'गोरे'को थुनछेक बहस सकिएको छ। जिल्ला न्यायाधीश नारायाणप्रसाद शर्माको इजलाशमा रहेको उक्त मुद्दामा गोरेका तर्फबाट अधिवक्ता यमबहादुर मगरले बहस गरेका थिए।
गोरेलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गर्दै सरकारी पक्षबाट जिल्ला न्यायाधीवक्ता पुन्यप्रसाद पाठक र रोहित बस्नेतले बहस गरेका थिए। शनम शाक्य हत्याकाण्डको जाहेरवालाका पक्षबाट वकिलहरु डम्बरबहादुर थापा मगर, विनोद यादव र नगेन्द्र थापाले बहस गरेका थिए।
यसअघि यही अभियोगमा डिएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। गत मंगलबार जिल्ला अदालतले ३० अभियुक्तमध्ये एकलाई धरौटी र एक जनालाई साधारण तारेखमा छोड्ने आदेश गरेको थियो। उक्त नजिरका आधारमा गोरलाई पनि थुनामै पठाउने सम्भावना देखिन्छ। जिल्ला न्यायाधीश शर्मा वहस सकिएलगत्तै आदेश लेख्नमा ब्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।