काठमाडाैं- भारतको उत्तर प्रदेशमा विषादीयुक्त मदिरा पिउँदा ११ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार अलीगढ जिल्लामा ११ जनाको मृत्यु भएको हो।
समाचार एजेन्सी पीटीआईले अधिकारीहरुलाई उद्धृत गर्दै लेखेको छ,‘ जुन पसलबाट विषालु मदिरा किनेका थिए, उक्त पसलले मदिरा बेच्न अनुमति पत्र पाएको थियो।’
डीआईजी दीपक कुमारले मदिराको नमूना जाँचको लागि पठाएका छन्। यस घटनामा संलग्न केही व्यक्तिलाई हिरासतमा राखिएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।