दिल्ली- भारतका २४ राज्यमा कोरोना संक्रमितको संख्यामा कमी हुँदै आएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा २४ राज्यमा संक्रमितहरुको संख्या घट्दै गएको उल्लेख गरिएको छ।
‘देशभरका २४ ओटा राज्यमा पछिल्लो समय संक्रमितहरुको संख्यामा कमी हुँदै आएको देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा भने।
उनका अनुसार पछिल्लो एक हप्तामा यसरी संक्रमितको संख्या घट्दै गएको देखिएको छ। निको हुनेहरुको संख्या पनि झण्डै ९० प्रतिशत पुगेको बताएका छन्।
ती मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म संक्रमित हुने गरेका छन्। देशका १३ राज्यमा एक हजारभन्दा कम संक्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
दैनिक सङ्क्रमणमुक्त भएकाहरुको संख्या पनि ८५.६ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुने गरेको छ।
दैनिक संक्रमित भएकाहरुको संख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरुको संख्या बढ्दै जानुले महामारी कम हुदै गएको सकारात्मक संकेत देखिएको अधिकारीहरुको भनाइ छ।
तर, दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन। मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख छ। योसहित भारतमा हालसम्म संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ।
पछिल्लो २४ घण्टामा ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गर्दा२ लाख ११ हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हाल देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार कोरोना संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।