• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कारभित्र ३ बालकको शव भेटिएको दाङ घटना: भिसेरामा देखिएन विष, मृत्युको कारण ‘सफोकेसन’

कसैबाट हत्या भएको नदेखिएपनि दुई जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा
64x64
नारायण अधिकारी बिहीबार, जेठ १३, २०७८  १८:४१
1140x725

काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजार सडक छेउमा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सकेर फाइल जिल्ला अदालत दाङमा पुगेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले २५ दिन लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय दाङमा उक्त फाइल पेश गरेको थियो। सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालत दाङ पुगेको उक्त घटनाको बिहीबार थुनछेक बहस भएको छ।

तुलसीपुर-६ बस्ने भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्देश, सन्तोष परियारका छोरा ७ वर्षीय सुर्वण र किरण परियारका ६ वर्षीय छोरा करण कारभित्र मृत फेला परेका थए। उक्त घटनाको अनुसन्धान गरेको प्रहरीले यी तीन बालकको कसैबाट पनि हत्या नभएको निष्कर्ष निकालेको फाइल पेश गरेको छ।

‘हामीले २५ दिनसम्म अनुसन्धान गर्‍याैं। पोष्टमार्टमदेखि भिसेरा समेत जाँच गर्‍याैं तर, उनीहरुको कसैबाट हत्या भएको देखिएन। त्यसपछि सोही अनुसार अनुसन्धान टुंग्याएर फाइल पेश गर्‍याैं’ इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले नेपाल लाइभसँग भने। 

ढोका लक भएको कारभित्र तीन बालक मृत भेटिएपछि उनीहरुको भिसेरा जाँचका प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। भिसेरामा विष वा ड्रग्सको मात्रा छ/छैन भनेर जाँच गर्ने गरिन्छ।  विधि विज्ञानले दिएको रिपोर्टमा विष र ड्रग्सको मात्रा नदेखिएको डीएसपी सिंहले बताए। ‘भिसेरा रिपोर्टमा ड्रग्स पनि देखिएन, विष पनि देखिएन’ डीएसपी सिंहले भने, ‘कज फ डेथमा भने सफोकेसन लेखिएको छ।’

पोष्टमार्टमदेखि भिसेरा जाँचमा केही नदेखिनु र कज अफ डेथमा सफोकेसन उल्लेख गर्नुले उनीहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ। ‘भिसेरामा कार्बनमोनअक्साइडको मात्रा देखिनु र कज अफ डेथमा सफोकेसन उल्लेख भएकाले उनीहरुको निसासिएर मृत्यु भएको देखिन्छ’ डीएसपी सिंहले भने।

ढोका खुल्ला भएका बेला कारभित्र पस्नु र आफैं ढोका लक भएपछि अक्सिजनको मात्रा कम भएर निसास्सिएर मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको हो। अर्कोतर्फ बालक र उनका परिवारको कसैसँग दुश्मनी नहुनु र कार धनी र चालकसँग कुनै रिसिइबी नहुनुले उनीहरुको कसैबाट पनि हत्या नभएको प्रहरीको निष्कर्ष छ।

तीन बालक मृत भेटिएको जानकारी पाउनासाथ फरेन्सिक विज्ञ र कुकुरसहितको प्रहरी टोली बोलाइएको थियो। उक्त टोली आइसकेपछि मात्रै स्थानीय प्रहरीले क्राइम सिन चलाउने र घटनास्थल मुचुल्का उठाउने काम गरेका थिए। कसैबाट पनि ती बालकको हत्या नभएको निष्कर्ष निकाले पनि केही कुराहरु भने अझै अनुत्तरित भएको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कारको बत्ती कसरी बल्यो, लक भएको कारभित्र कसरी बालक प्रवेश गरे? भन्ने प्रश्नबारे डीएसपी सिंहले भने ‘कारभित्र बत्ती बलेको भन्ने भएपछि हामीले शुरुमै मेकानिकल इन्जिनियर बोलाएर अनुसन्धान गरेका थियौं। उनीहरुले गाडीका विभिन्न पार्टपूर्जाहरु हेर्ने क्रममा बालकहरुले विभिन्न पार्टपूर्जाहरु चलाएको पाइएको थियो। कारको रेन्टर लक हुनु, वाइफर अन हुनु, एसी खुलेको हुनुले पार्टपूर्जाहरु बालकले चलाएको मेकानिकल इन्जिनियर निष्कर्ष निकालेका थिए।’ यस्तो अवस्थामा अचानक बत्ती बल्नु र निभ्नु स्वभाविक भएको उनीहरुले बताएको डीएसपी सिंहले बताए।

शुरुमा कारको एउटा ढोका खुल्ला भएकाले कारभित्र बालक प्रवेश गरेको र पछि आफैं ढोका लक भएपछि उनीहरु बाहिर निस्कन नसकेको अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेका दुई जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा
तीन जना बालकको ज्यान गएको घटनामा अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। कारका चालक तुलसीपुर-६ का ५७ वर्षीय पदमबहादुर बस्नेत र भारतबाट कार लिएर आउने सोही वडाका ३३ वर्षीय यादवप्रसाद गैरेलाई पक्राउ गरेको थियो। उनीहरु दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यानको कसूरमा मुद्दा चलाएको छ।

उनीहरुले तीन जना बालकको हत्या गरेको नदेखिए पनि उनीहरुकै कारण बालकहरुको ज्यान गएको देखिएकाले कर्तव्य ज्यानमा मुद्दा चलाइएको डीएसपी सिंहले बताए।

‘हत्या भएको त देखिँदैन तर उनीहरुले लापरबाही गरेर कार पार्किङ गरेका कारण ज्यान गएको देखिएकाले कर्तव्य ज्यानमा मुद्दा चलाइएको हो’ डीएसपी सिंहले भने।

कसरी आइपुग्यो भारतीय कार ?
भारतीय कारभित्र तीन बालकको शव भेटिएपछि त्यसबेला धेरै शंका उपशंका गरिएको थियो। अझ करिब तीन महिना पहिलादेखि उक्त कार रोकिराखेको भनेपछि प्रहरीले त्यो कार चोरी गरेर  नेपाल ल्याएको हुनसक्ने आशंका गरेको थियो। तर, अनुसन्धानको क्रममा उक्त कार अहिले हिरासतमा रहेका गैरले भारतबाट ल्याएको खुलेको छ।

भारतको एक कम्पनीमा काम गर्ने गरेका गैर र उनकी श्रीमतीबीच सम्बन्ध बिच्छेदको मुद्दा चलिरहेको र बेला बेलामा दाङ अदालत आउनु पर्ने भएकाले कम्पनीका साहुले नै आफ्नो कार लिएर जान भनेपछि गैरेले कार ल्याएको अनुसन्धानबाट खुलेको छ। ‘साहुसँग गैरेको राम्रो सम्बन्ध रहेछ। बेला बेलामा लकडाउन पनि हुने भएपछि दाङ अदालत जाँदा आफ्नै कार दिएर पठाएका रहेछन्’ डीएसपी सिंहले भने।

बालकका परिवारलाई नगद २५ हजार, नगरपालिकाले १ लाख दिने
मृतक तीनजनै बालकका परिवारले घटना भएको १३ दिनपछि वैशाख ३१ गते बल्ल शव बुझेका थिए। तीनै जनाको परिवारलाई जनही २५ हजार रुपैयाँ दिने र नगरकार्यपालिकाले थप एक/एक लाख दिने सहमति भएपछि उनीहरुले शव बुझेका थिए।

त्यसैगरी, दलित आयोगले पनि उनीहरुलाई थप पाँच लाख रुपैयाँ दिन पहल कमदमि थाल्ने सहमति भएको थियो। तर, उक्त रकम अहिलेसम्म नपाएको उनीहरुको गुनासो छ। पीडित परिवारका छोराछोरीलाई उच्च शिक्षासम्म नि:शुल्क पढाउने र परिवारका एक जना सदस्यलाई रोजगारी समेत दिलाउने सहमति भएपछि उनीहरुले शव बुझेका थिए।

सम्बन्धित समाचार :

दाङ घटना: कारभित्र मृत भेटिएका तीन बालकको शरीरमा चोटपटक देखिएन

दाङ घटना : कारमा भेटिएका तीन बालकको शवको पहिचान खुल्यो, दुई जना पक्राउ

दाङमा भारतीय नम्बरप्लेटको गाडीभित्र ३ बालबालिकाको शव फेला, चालक पक्राउ

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परे... आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भए... आइतबार, असोज ४, २०८३
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट सोमबार, असोज ५, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्