• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कारभित्र ३ बालकको शव भेटिएको दाङ घटना: भिसेरामा देखिएन विष, मृत्युको कारण ‘सफोकेसन’

कसैबाट हत्या भएको नदेखिएपनि दुई जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा
64x64
नारायण अधिकारी बिहीबार, जेठ १३, २०७८  १८:४१
1140x725

काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजार सडक छेउमा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सकेर फाइल जिल्ला अदालत दाङमा पुगेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले २५ दिन लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय दाङमा उक्त फाइल पेश गरेको थियो। सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालत दाङ पुगेको उक्त घटनाको बिहीबार थुनछेक बहस भएको छ।

तुलसीपुर-६ बस्ने भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्देश, सन्तोष परियारका छोरा ७ वर्षीय सुर्वण र किरण परियारका ६ वर्षीय छोरा करण कारभित्र मृत फेला परेका थए। उक्त घटनाको अनुसन्धान गरेको प्रहरीले यी तीन बालकको कसैबाट पनि हत्या नभएको निष्कर्ष निकालेको फाइल पेश गरेको छ।

‘हामीले २५ दिनसम्म अनुसन्धान गर्‍याैं। पोष्टमार्टमदेखि भिसेरा समेत जाँच गर्‍याैं तर, उनीहरुको कसैबाट हत्या भएको देखिएन। त्यसपछि सोही अनुसार अनुसन्धान टुंग्याएर फाइल पेश गर्‍याैं’ इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले नेपाल लाइभसँग भने। 

ढोका लक भएको कारभित्र तीन बालक मृत भेटिएपछि उनीहरुको भिसेरा जाँचका प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। भिसेरामा विष वा ड्रग्सको मात्रा छ/छैन भनेर जाँच गर्ने गरिन्छ।  विधि विज्ञानले दिएको रिपोर्टमा विष र ड्रग्सको मात्रा नदेखिएको डीएसपी सिंहले बताए। ‘भिसेरा रिपोर्टमा ड्रग्स पनि देखिएन, विष पनि देखिएन’ डीएसपी सिंहले भने, ‘कज फ डेथमा भने सफोकेसन लेखिएको छ।’

पोष्टमार्टमदेखि भिसेरा जाँचमा केही नदेखिनु र कज अफ डेथमा सफोकेसन उल्लेख गर्नुले उनीहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ। ‘भिसेरामा कार्बनमोनअक्साइडको मात्रा देखिनु र कज अफ डेथमा सफोकेसन उल्लेख भएकाले उनीहरुको निसासिएर मृत्यु भएको देखिन्छ’ डीएसपी सिंहले भने।

ढोका खुल्ला भएका बेला कारभित्र पस्नु र आफैं ढोका लक भएपछि अक्सिजनको मात्रा कम भएर निसास्सिएर मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको हो। अर्कोतर्फ बालक र उनका परिवारको कसैसँग दुश्मनी नहुनु र कार धनी र चालकसँग कुनै रिसिइबी नहुनुले उनीहरुको कसैबाट पनि हत्या नभएको प्रहरीको निष्कर्ष छ।

तीन बालक मृत भेटिएको जानकारी पाउनासाथ फरेन्सिक विज्ञ र कुकुरसहितको प्रहरी टोली बोलाइएको थियो। उक्त टोली आइसकेपछि मात्रै स्थानीय प्रहरीले क्राइम सिन चलाउने र घटनास्थल मुचुल्का उठाउने काम गरेका थिए। कसैबाट पनि ती बालकको हत्या नभएको निष्कर्ष निकाले पनि केही कुराहरु भने अझै अनुत्तरित भएको बताइन्छ।

Ncell 2
Ncell 2

कारको बत्ती कसरी बल्यो, लक भएको कारभित्र कसरी बालक प्रवेश गरे? भन्ने प्रश्नबारे डीएसपी सिंहले भने ‘कारभित्र बत्ती बलेको भन्ने भएपछि हामीले शुरुमै मेकानिकल इन्जिनियर बोलाएर अनुसन्धान गरेका थियौं। उनीहरुले गाडीका विभिन्न पार्टपूर्जाहरु हेर्ने क्रममा बालकहरुले विभिन्न पार्टपूर्जाहरु चलाएको पाइएको थियो। कारको रेन्टर लक हुनु, वाइफर अन हुनु, एसी खुलेको हुनुले पार्टपूर्जाहरु बालकले चलाएको मेकानिकल इन्जिनियर निष्कर्ष निकालेका थिए।’ यस्तो अवस्थामा अचानक बत्ती बल्नु र निभ्नु स्वभाविक भएको उनीहरुले बताएको डीएसपी सिंहले बताए।

शुरुमा कारको एउटा ढोका खुल्ला भएकाले कारभित्र बालक प्रवेश गरेको र पछि आफैं ढोका लक भएपछि उनीहरु बाहिर निस्कन नसकेको अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेका दुई जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा
तीन जना बालकको ज्यान गएको घटनामा अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। कारका चालक तुलसीपुर-६ का ५७ वर्षीय पदमबहादुर बस्नेत र भारतबाट कार लिएर आउने सोही वडाका ३३ वर्षीय यादवप्रसाद गैरेलाई पक्राउ गरेको थियो। उनीहरु दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यानको कसूरमा मुद्दा चलाएको छ।

उनीहरुले तीन जना बालकको हत्या गरेको नदेखिए पनि उनीहरुकै कारण बालकहरुको ज्यान गएको देखिएकाले कर्तव्य ज्यानमा मुद्दा चलाइएको डीएसपी सिंहले बताए।

‘हत्या भएको त देखिँदैन तर उनीहरुले लापरबाही गरेर कार पार्किङ गरेका कारण ज्यान गएको देखिएकाले कर्तव्य ज्यानमा मुद्दा चलाइएको हो’ डीएसपी सिंहले भने।

कसरी आइपुग्यो भारतीय कार ?
भारतीय कारभित्र तीन बालकको शव भेटिएपछि त्यसबेला धेरै शंका उपशंका गरिएको थियो। अझ करिब तीन महिना पहिलादेखि उक्त कार रोकिराखेको भनेपछि प्रहरीले त्यो कार चोरी गरेर  नेपाल ल्याएको हुनसक्ने आशंका गरेको थियो। तर, अनुसन्धानको क्रममा उक्त कार अहिले हिरासतमा रहेका गैरले भारतबाट ल्याएको खुलेको छ।

भारतको एक कम्पनीमा काम गर्ने गरेका गैर र उनकी श्रीमतीबीच सम्बन्ध बिच्छेदको मुद्दा चलिरहेको र बेला बेलामा दाङ अदालत आउनु पर्ने भएकाले कम्पनीका साहुले नै आफ्नो कार लिएर जान भनेपछि गैरेले कार ल्याएको अनुसन्धानबाट खुलेको छ। ‘साहुसँग गैरेको राम्रो सम्बन्ध रहेछ। बेला बेलामा लकडाउन पनि हुने भएपछि दाङ अदालत जाँदा आफ्नै कार दिएर पठाएका रहेछन्’ डीएसपी सिंहले भने।

बालकका परिवारलाई नगद २५ हजार, नगरपालिकाले १ लाख दिने
मृतक तीनजनै बालकका परिवारले घटना भएको १३ दिनपछि वैशाख ३१ गते बल्ल शव बुझेका थिए। तीनै जनाको परिवारलाई जनही २५ हजार रुपैयाँ दिने र नगरकार्यपालिकाले थप एक/एक लाख दिने सहमति भएपछि उनीहरुले शव बुझेका थिए।

त्यसैगरी, दलित आयोगले पनि उनीहरुलाई थप पाँच लाख रुपैयाँ दिन पहल कमदमि थाल्ने सहमति भएको थियो। तर, उक्त रकम अहिलेसम्म नपाएको उनीहरुको गुनासो छ। पीडित परिवारका छोराछोरीलाई उच्च शिक्षासम्म नि:शुल्क पढाउने र परिवारका एक जना सदस्यलाई रोजगारी समेत दिलाउने सहमति भएपछि उनीहरुले शव बुझेका थिए।

सम्बन्धित समाचार :

दाङ घटना: कारभित्र मृत भेटिएका तीन बालकको शरीरमा चोटपटक देखिएन

दाङ घटना : कारमा भेटिएका तीन बालकको शवको पहिचान खुल्यो, दुई जना पक्राउ

दाङमा भारतीय नम्बरप्लेटको गाडीभित्र ३ बालबालिकाको शव फेला, चालक पक्राउ

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार सम... बिहीबार, मंसिर ४, २०८२
नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिए... बिहीबार, मंसिर ४, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। झडपमा परेर दुवैतर... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
बालेन शाहलाई पितृशोक सोमबार, मंसिर १५, २०८२
पोखरामा एमालेले कार्यक्रम बिथोल्न खोजेको सुदन गुरुङको आरोप सोमबार, मंसिर १५, २०८२
आज विराटनगरमा नेकपाको एकता सन्देश सभा सोमबार, मंसिर १५, २०८२
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ) सोमबार, मंसिर १५, २०८२
सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा माओवादी नेता अन्सारी पक्राउ सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्