प्रतिकात्मक तस्वीर
काठमाडौं– दाङमा भारतीय नम्बरप्लेटको एउटा गाडीभित्र ३ जना बालक मृत फेला परेको घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बालकहरुको शव फेला परेको गाडीका चालक भएका जनाइएको छ। पक्राउ परेका चालक नेपाली भनिए पनि प्रहरीले उनको पहिचान खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय दाङ स्रोतका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ स्याउलीबजार नजिक भारतीय नम्बर प्लेट आर जे ०१-सीसी ०८८५ को गाडीभित्र ३ जना बालबालिकाको शव भेटिएको हो।
भारतीय नम्बरप्लेटको गाडीभित्र ३ जना बालबालिका भेटिएपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दसहितको टाली घटनास्थलतर्फ गएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र धानुकले तालिमप्राप्त कुकुर तथा फेरेन्सिक विज्ञसहितको टोली पनि घटनास्थलतर्फ गइरहेको बताए।
गाडी बाहिरबाट हेर्दा बालिकाको जस्तो शव देखिए पनि फरेन्सिक टोलीले अनुसन्धान थालेपछि मात्रै बालक या बालिका कसको शव हो भन्ने यकिन हुने डीआईजी धानुकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।