काठमाडौं– भारतको खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाइसिस विङ' (रअ)का प्रमुख सामन्त कुमार गोयलको पदावधि १ वर्षका लागि थपिएको छ।
भारत सरकारको मन्त्रिपरिषद्ले गोयलको पदावधि १ वर्षका लागि बढाउने निर्णय गरेको द हिन्दूले जनाएको छ। गोयल २६ जुन २०१९ मा रअको प्रमुखमा नियुक्त भएका थिए।
गोयल गत कात्तिकमा नेपाल आएका थिए। नेपाल आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेटवार्ता गरेका थिए।
ओली र गोयलको भेटलाई लिएर अहिलेसम्म पनि विभिन्न टिप्पणी र आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।