• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025 १ : ०६ : ५९
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सांसदहरुका तीन प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ

64x64
नेपाल लाइभ आइतबार, जेठ १३, २०७५  ०८:३२
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका छन्। नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको, संविधान संशोधन नसमेटिएको तथा रेल र पानीजहाजको सपना मात्र बाँडेकोबारे सोधिएको प्रश्नमा उनले जवाफ दिएका हुन्।

यस्ता छन् सांसदका मुख्य तीन प्रश्न र प्रधानमन्त्रीका जवाफः 

प्रश्न १ : नीति तथा कार्यक्रम महत्वाकांक्षी भयो, प्राथमिकता भएन

शेरबहादुर देउवा : ओली सरकारले नीति तथा कार्यक्रममा हावादारी कुरा समेटेको छ। नीति तथा कार्यक्रममा जनताले चाहेको समृद्धि र विकासको लक्ष्य पूरा गर्ने खालका कुनै पनि कार्यक्रम छैन।

शासन चलाउने कुरालाई हल्का रुपमा लिन मिल्दैन। राष्ट्रवादबारे सीमामा बसेका मानिसलाई सिकाउन जरुरी छैन। हिमाल, पहाड र मधेसमा बसेका सबै जनता राष्ट्रवादप्रति सचेत छन्। यहाँ बसेर सीमा मिचिएकोबारेमा तपाईंहरुले राष्ट्रवाद सिकाउन जरुरी छैन। रेल र पानीजहाजको सपना मात्रै होइन, कार्यान्वयनको कुरा नीति तथा कार्यक्रममा आउनुपर्छ।

बाबुराम भट्टराई : सरकारले ल्याएको नीति तथा कार्यक्रममा राम्रा सपना देखाइएको छ। अब कछुवा गतिमा होइन, भ्यागुता उफ्राइमा जानैपर्छ। सबै काम गर्छु भनिएको छ, के भन्न खोजेको बुझिएन। जनतालाई यसबाट फाइदा हुने देखिँदैन। वर्तमान सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा छ। 

ज्ञानेन्द्रबहादुर कार्की, पूर्व अर्थमन्त्री : नीति तथा कार्यक्रममा कुनै पनि योजना र कार्यक्रमलाई प्राथमिकता दिइएको छैन। सरकारका हरेक कार्यक्रम प्राथमिकता तोकेर निर्धारण हुने भए पनि यस पटक त्यस्तो नभएकाले यो निबन्ध जस्तो छ।

प्रधानमन्त्री ओलीको जवाफ : प्रतिपक्षको आलोचना गर्नैपर्ने धर्मबाट आएका आलोचनाहरुलाई म धन्यवाद दिन चाहन्छु। नीति तथा कार्यक्रममाथिको संशोधन पनि त्यही रुपमा आएको मैले बुझेको  छु। नीति तथा कार्यक्रममा कुनै अस्पष्टता रहनुपर्ने अवस्था छैन। रेल र पानीजहाज दिउँसै देखेको सपना भएकाले यो पूरा हुन्छ। कहीँ कतै यसलाई पूरा हुँदैन भन्ने लागेको छ भने स्पष्ट पार्न यी दुवै चिज पाँच वर्षभित्र आउँछन् भन्न चाहन्छु। 

Ncell 2
Ncell 2

सरकारले महत्वाकांक्षी सपनाहरु मात्र बाँडेको आरोप संसदमा लागेको छ। हो, सपनाहरु महत्वाकांक्षी छन् र साथै पूरा हुने खालका छन्। यो नीति तथा कार्यक्रम आकांक्षाहीन छैन। राम्रा आकांक्षाहरुको समष्टिगत रुप हो। राष्ट्रलाई तेस्रोबाट पहिलोमा पुर्‍याउने आकांक्षा हो। के नेपाललाई पहिलो विश्वमा पुर्‍याउन नपाउने हो? पहिलोमा पुर्‍याउन कसैले त थाल्न त पर्‍यो नि, मैले त्यही प्रयास थालेको हो। 

कोही नेपाली असुरिक्षत, अपमानित भएको र दोस्रो तहको नागरिक भएको महसुस नहोस् भन्ने नीति तथा कार्यक्रमको लक्ष्य हो। हामीले त्यही गर्न खोजेका हौं। नीति तथा कार्यक्रम बजेट होइन। सुरु भइसकेका कतिपय कार्यक्रम राख्नुपर्दैन। कर्मकाण्डी मात्र अहिलेको नीति तथा कार्यक्रम होइन। यसले रुपान्तरणको आकांक्षा बोकेको छ। महत्वाकांक्षीभन्दा साथीहरुले ठीकै भनेको हो कि भन्ने लाग्छ। अर्को वर्ष घर पनि सुनकै र गल्ली पनि सुनैको भनेको छैन। 

मिनेन्द्र रिजाल : राष्ट्रपतिले नीति तथा कार्यक्रममा सम्बोधन गर्दा संसदको मानहानी गर्नुभएको छ। सार्वभौम जनताले चुनेका प्रतिनिधिहरुको संस्थाका सभामुख र अध्यक्षलाई महोदय समेत नभनी गरेको सम्बोधन सार्वभौम संसदको परम्परा विपरीत छ।  

बाबुराम भट्टराई : राष्ट्रपतिले संसदमा गरेको सम्बोधन संसदीय अभ्यास विपरीत छ। संसदका सभामुख र अध्यक्षलाई सम्मान गर्नुपर्ने नेपाली संसदीय अभ्यासको बेवास्ता भएको सम्बोधनको क्रममा देखिएकै हो। 

सरिता गिरि : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई सम्बोधन गर्दा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्मानजनक सम्बोधन भएन। संघीय संसदका प्रमुख सम्मानलायक भएको कुरा नीति तथा कार्यक्रम लेख्ने सरकारले बुझेन वा वाचन गर्ने राष्ट्रपतिलाई थाहा भएन, यहाँ प्रस्ट हुनुपर्छ।

प्रधानमन्त्री ओलीको जवाफ :  सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम केही नपाएपछि राष्ट्रपतिमाथि कुरा उठाइयो। केही–केही माननीयज्यूहरुले सम्बोधनको विषयलाई के पाऊँ कनिका बुक्याऊँ जस्तो गर्नुभयो। केहीले अमर्यादित रुपमा सम्बोधन गर्नुभयो।  राष्ट्रपतिले सरकारले लेखेको अक्षरशः वाचन मात्र गर्ने हो। तर, त्यसमा सरकारको आलोचना हुनुपर्नेमा राष्ट्रपतिको किन गरियो? आइन्दा आफैंलाई ध्यान दिँदा राम्रो हुन्छ। राजनीति विवादका लागि होइन, देश विकास र सुशासनका लागि हो। 

प्रश्न २ : पानीजहाज र रेलका सपना मात्र  किन? कसरी पूरा हुन्छ? 

प्रदीप यादव :  सरकारको ढुकुटी खाली छ, तर रेलदेखि जलमार्ग कसले बनाइदिने हो?  नेपालसँग त पैसा छैन। यसअघि अर्थमन्त्रीज्यूले नै संसदमा भन्नुभएको हो। अनि यत्रा योजना कुन देशले बनाइदिने हो? नीति तथा कार्यक्रममा त्यो उल्लेख गर्नुपर्दैन?

बाबुराम भट्टराई : सपना देख्नुपर्ने समय भएको छ। तर, सपना देख्ने नाममा आवश्यकता नै नभएको स्थानमा नीति तथा कार्यक्रम निर्माण भएको देखेको छु। रेल र पानी जहाजभन्दा सबै क्षेत्रमा पूर्वाधार निर्माण गर्नेतिर लाग्नुपर्ने हो कि? 

मिनेन्द्र रिजाल : सरकारले सपना त राम्रै बाँडेको छ। काठमाडौंदेखि केरुङ, लुम्बिनी, भारत तथा चीनसँग जोड्ने योजना त बनाउनुभयो, तर कहिले भनेर किन लेख्नुभएन। यसरी पूरा नहुनेभन्दा एक वर्षभित्र वा २ वर्षभित्र गर्ने भनी प्राथमिकताका आधारमा निर्माण हुने सपना मात्र देखाउनुपर्ने होइन र?  

प्रधानमन्त्री ओलीको जवाफ : हामी हेर्दाहेर्दै जलमार्गबाट ढुवानी थाल्नेछौं। रेलको कुरा गर्दा मेरो मजाक उडाइयो, तर अहिले रेल आउनै लागेको छ। कोसी र गण्डकी तथा कर्णालीबाट हामी इस्ट टिमोर पुग्नेछौं। हाम्रो बन्दरगाह, पानीजहाज र हाम्रो रेल भन्न पाइँदैन र? स्विजरल्यान्ड र मंगोलिया जस्ता देशले पानीजहाज चलाउन सक्छन् भने हामी किन नसक्ने भन्दा यहाँ बाल्टीमा कागजका डुंगा बनाएर मजाक उडाइयो। 

प्रश्न ३ : संविधान संशोधन किन नीति तथा कार्यक्रममा समेटिएन? 

अनिलकुमार झा : संविधान संशोधन नीति तथा कार्यक्रममा समावेश हुन सकेन। सहिदहरुप्रति पनि विभेद गरिएको छ। नीति तथा कार्यक्रममा सहिद परिवारहरुको जीविकोपार्जनको कुरा थप्न जरुरी छ। नेपालको विविधताको नाममा संघीयतालाई असफल पार्ने प्रयास सरकारको नीति तथा कार्यक्रममा गरिएको छ। मधेसी र जनजातिहरुलाई बेवास्ता गर्दै खस आर्यलाई आरक्षण नीति तथा कार्यक्रममा किन राखिएको हो? 

प्रदीप यादव : नीति तथा कार्यक्रमले संविधान संशोधनको विषय समेट्न सकेको छैन। हरेक अंग र निकायमा समानुपातिक सहभागिता गराइने कुरा थप हुनुपर्छ। यस्तै, जनसंख्याको आधारमा र मानव विकास संसाधनका आधारमा बजेट दिने व्यवस्था हुनुपर्ने विषय समेट्न नसकेकाले नीति तथा कार्यक्रमा थप्नुपर्छ। 

प्रधानमन्त्री ओलीको जवाफ : सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउँछन्। यति कुरा किन समाधान नगरी अल्झाएर राखिएको? अब समाधान हुन्छ।

संविधान संशोधनको विषय मैले कहिले पनि संविधान संशोधन हुनै सक्दैन भनेको छैन। संविधान आफैंमा असंशोधनीय दस्तावेज होइन। २०१५ सालमा पनि केही धारा बाहेक अन्य संसोधन थिए भने अहिले आवश्यक परे संशोधन गर्ने व्यवस्था नै राखेका छौ। संविधान भनेको आवश्यकता अनुसार र तत्कालीन समयमा तथा देश र जनताले माग गरे अनुसार संशोधन हुने हो। 

औचित्यको आधारमा देशलाई अघि बढाउन र विकासको काम गर्न संविधान संशोधन गर्न सकिन्छ। संशोधन आवश्यकता र औचित्यका आधारमा गर्न सकिने कुरो हो। यस्तो विषय छलफलमा बसेर टुंग्याउनुभन्दा चर्चाको विषयका लागि उठाउनु जरुरी छैन। समस्या निकाल्ने होइन, भएकाहरु समाधान गर्ने हो। सरकार त्यसका लागि तयार छ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता
भोलि कतार जाँदै राष्ट्रपति पौडेल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यी प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भोलि कतार जाँदै राष्ट्रपति पौडेल आइतबार, कात्तिक १६, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना आइतबार, कात्तिक १६, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि ग्लोबल टेण्डर, ५ वर्षका लागि दिइँदै आइतबार, कात्तिक १६, २०८२
बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्