• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सांसदहरुका तीन प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ

64x64
नेपाल लाइभ आइतबार, जेठ १३, २०७५  ०८:३२
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका छन्। नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको, संविधान संशोधन नसमेटिएको तथा रेल र पानीजहाजको सपना मात्र बाँडेकोबारे सोधिएको प्रश्नमा उनले जवाफ दिएका हुन्।

यस्ता छन् सांसदका मुख्य तीन प्रश्न र प्रधानमन्त्रीका जवाफः 

प्रश्न १ : नीति तथा कार्यक्रम महत्वाकांक्षी भयो, प्राथमिकता भएन

शेरबहादुर देउवा : ओली सरकारले नीति तथा कार्यक्रममा हावादारी कुरा समेटेको छ। नीति तथा कार्यक्रममा जनताले चाहेको समृद्धि र विकासको लक्ष्य पूरा गर्ने खालका कुनै पनि कार्यक्रम छैन।

शासन चलाउने कुरालाई हल्का रुपमा लिन मिल्दैन। राष्ट्रवादबारे सीमामा बसेका मानिसलाई सिकाउन जरुरी छैन। हिमाल, पहाड र मधेसमा बसेका सबै जनता राष्ट्रवादप्रति सचेत छन्। यहाँ बसेर सीमा मिचिएकोबारेमा तपाईंहरुले राष्ट्रवाद सिकाउन जरुरी छैन। रेल र पानीजहाजको सपना मात्रै होइन, कार्यान्वयनको कुरा नीति तथा कार्यक्रममा आउनुपर्छ।

बाबुराम भट्टराई : सरकारले ल्याएको नीति तथा कार्यक्रममा राम्रा सपना देखाइएको छ। अब कछुवा गतिमा होइन, भ्यागुता उफ्राइमा जानैपर्छ। सबै काम गर्छु भनिएको छ, के भन्न खोजेको बुझिएन। जनतालाई यसबाट फाइदा हुने देखिँदैन। वर्तमान सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा छ। 

ज्ञानेन्द्रबहादुर कार्की, पूर्व अर्थमन्त्री : नीति तथा कार्यक्रममा कुनै पनि योजना र कार्यक्रमलाई प्राथमिकता दिइएको छैन। सरकारका हरेक कार्यक्रम प्राथमिकता तोकेर निर्धारण हुने भए पनि यस पटक त्यस्तो नभएकाले यो निबन्ध जस्तो छ।

प्रधानमन्त्री ओलीको जवाफ : प्रतिपक्षको आलोचना गर्नैपर्ने धर्मबाट आएका आलोचनाहरुलाई म धन्यवाद दिन चाहन्छु। नीति तथा कार्यक्रममाथिको संशोधन पनि त्यही रुपमा आएको मैले बुझेको  छु। नीति तथा कार्यक्रममा कुनै अस्पष्टता रहनुपर्ने अवस्था छैन। रेल र पानीजहाज दिउँसै देखेको सपना भएकाले यो पूरा हुन्छ। कहीँ कतै यसलाई पूरा हुँदैन भन्ने लागेको छ भने स्पष्ट पार्न यी दुवै चिज पाँच वर्षभित्र आउँछन् भन्न चाहन्छु। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले महत्वाकांक्षी सपनाहरु मात्र बाँडेको आरोप संसदमा लागेको छ। हो, सपनाहरु महत्वाकांक्षी छन् र साथै पूरा हुने खालका छन्। यो नीति तथा कार्यक्रम आकांक्षाहीन छैन। राम्रा आकांक्षाहरुको समष्टिगत रुप हो। राष्ट्रलाई तेस्रोबाट पहिलोमा पुर्‍याउने आकांक्षा हो। के नेपाललाई पहिलो विश्वमा पुर्‍याउन नपाउने हो? पहिलोमा पुर्‍याउन कसैले त थाल्न त पर्‍यो नि, मैले त्यही प्रयास थालेको हो। 

कोही नेपाली असुरिक्षत, अपमानित भएको र दोस्रो तहको नागरिक भएको महसुस नहोस् भन्ने नीति तथा कार्यक्रमको लक्ष्य हो। हामीले त्यही गर्न खोजेका हौं। नीति तथा कार्यक्रम बजेट होइन। सुरु भइसकेका कतिपय कार्यक्रम राख्नुपर्दैन। कर्मकाण्डी मात्र अहिलेको नीति तथा कार्यक्रम होइन। यसले रुपान्तरणको आकांक्षा बोकेको छ। महत्वाकांक्षीभन्दा साथीहरुले ठीकै भनेको हो कि भन्ने लाग्छ। अर्को वर्ष घर पनि सुनकै र गल्ली पनि सुनैको भनेको छैन। 

मिनेन्द्र रिजाल : राष्ट्रपतिले नीति तथा कार्यक्रममा सम्बोधन गर्दा संसदको मानहानी गर्नुभएको छ। सार्वभौम जनताले चुनेका प्रतिनिधिहरुको संस्थाका सभामुख र अध्यक्षलाई महोदय समेत नभनी गरेको सम्बोधन सार्वभौम संसदको परम्परा विपरीत छ।  

बाबुराम भट्टराई : राष्ट्रपतिले संसदमा गरेको सम्बोधन संसदीय अभ्यास विपरीत छ। संसदका सभामुख र अध्यक्षलाई सम्मान गर्नुपर्ने नेपाली संसदीय अभ्यासको बेवास्ता भएको सम्बोधनको क्रममा देखिएकै हो। 

Xtrem

Xtrem

सरिता गिरि : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई सम्बोधन गर्दा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्मानजनक सम्बोधन भएन। संघीय संसदका प्रमुख सम्मानलायक भएको कुरा नीति तथा कार्यक्रम लेख्ने सरकारले बुझेन वा वाचन गर्ने राष्ट्रपतिलाई थाहा भएन, यहाँ प्रस्ट हुनुपर्छ।

प्रधानमन्त्री ओलीको जवाफ :  सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम केही नपाएपछि राष्ट्रपतिमाथि कुरा उठाइयो। केही–केही माननीयज्यूहरुले सम्बोधनको विषयलाई के पाऊँ कनिका बुक्याऊँ जस्तो गर्नुभयो। केहीले अमर्यादित रुपमा सम्बोधन गर्नुभयो।  राष्ट्रपतिले सरकारले लेखेको अक्षरशः वाचन मात्र गर्ने हो। तर, त्यसमा सरकारको आलोचना हुनुपर्नेमा राष्ट्रपतिको किन गरियो? आइन्दा आफैंलाई ध्यान दिँदा राम्रो हुन्छ। राजनीति विवादका लागि होइन, देश विकास र सुशासनका लागि हो। 

प्रश्न २ : पानीजहाज र रेलका सपना मात्र  किन? कसरी पूरा हुन्छ? 

प्रदीप यादव :  सरकारको ढुकुटी खाली छ, तर रेलदेखि जलमार्ग कसले बनाइदिने हो?  नेपालसँग त पैसा छैन। यसअघि अर्थमन्त्रीज्यूले नै संसदमा भन्नुभएको हो। अनि यत्रा योजना कुन देशले बनाइदिने हो? नीति तथा कार्यक्रममा त्यो उल्लेख गर्नुपर्दैन?

बाबुराम भट्टराई : सपना देख्नुपर्ने समय भएको छ। तर, सपना देख्ने नाममा आवश्यकता नै नभएको स्थानमा नीति तथा कार्यक्रम निर्माण भएको देखेको छु। रेल र पानी जहाजभन्दा सबै क्षेत्रमा पूर्वाधार निर्माण गर्नेतिर लाग्नुपर्ने हो कि? 

मिनेन्द्र रिजाल : सरकारले सपना त राम्रै बाँडेको छ। काठमाडौंदेखि केरुङ, लुम्बिनी, भारत तथा चीनसँग जोड्ने योजना त बनाउनुभयो, तर कहिले भनेर किन लेख्नुभएन। यसरी पूरा नहुनेभन्दा एक वर्षभित्र वा २ वर्षभित्र गर्ने भनी प्राथमिकताका आधारमा निर्माण हुने सपना मात्र देखाउनुपर्ने होइन र?  

प्रधानमन्त्री ओलीको जवाफ : हामी हेर्दाहेर्दै जलमार्गबाट ढुवानी थाल्नेछौं। रेलको कुरा गर्दा मेरो मजाक उडाइयो, तर अहिले रेल आउनै लागेको छ। कोसी र गण्डकी तथा कर्णालीबाट हामी इस्ट टिमोर पुग्नेछौं। हाम्रो बन्दरगाह, पानीजहाज र हाम्रो रेल भन्न पाइँदैन र? स्विजरल्यान्ड र मंगोलिया जस्ता देशले पानीजहाज चलाउन सक्छन् भने हामी किन नसक्ने भन्दा यहाँ बाल्टीमा कागजका डुंगा बनाएर मजाक उडाइयो। 

प्रश्न ३ : संविधान संशोधन किन नीति तथा कार्यक्रममा समेटिएन? 

अनिलकुमार झा : संविधान संशोधन नीति तथा कार्यक्रममा समावेश हुन सकेन। सहिदहरुप्रति पनि विभेद गरिएको छ। नीति तथा कार्यक्रममा सहिद परिवारहरुको जीविकोपार्जनको कुरा थप्न जरुरी छ। नेपालको विविधताको नाममा संघीयतालाई असफल पार्ने प्रयास सरकारको नीति तथा कार्यक्रममा गरिएको छ। मधेसी र जनजातिहरुलाई बेवास्ता गर्दै खस आर्यलाई आरक्षण नीति तथा कार्यक्रममा किन राखिएको हो? 

प्रदीप यादव : नीति तथा कार्यक्रमले संविधान संशोधनको विषय समेट्न सकेको छैन। हरेक अंग र निकायमा समानुपातिक सहभागिता गराइने कुरा थप हुनुपर्छ। यस्तै, जनसंख्याको आधारमा र मानव विकास संसाधनका आधारमा बजेट दिने व्यवस्था हुनुपर्ने विषय समेट्न नसकेकाले नीति तथा कार्यक्रमा थप्नुपर्छ। 

प्रधानमन्त्री ओलीको जवाफ : सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउँछन्। यति कुरा किन समाधान नगरी अल्झाएर राखिएको? अब समाधान हुन्छ।

संविधान संशोधनको विषय मैले कहिले पनि संविधान संशोधन हुनै सक्दैन भनेको छैन। संविधान आफैंमा असंशोधनीय दस्तावेज होइन। २०१५ सालमा पनि केही धारा बाहेक अन्य संसोधन थिए भने अहिले आवश्यक परे संशोधन गर्ने व्यवस्था नै राखेका छौ। संविधान भनेको आवश्यकता अनुसार र तत्कालीन समयमा तथा देश र जनताले माग गरे अनुसार संशोधन हुने हो। 

औचित्यको आधारमा देशलाई अघि बढाउन र विकासको काम गर्न संविधान संशोधन गर्न सकिन्छ। संशोधन आवश्यकता र औचित्यका आधारमा गर्न सकिने कुरो हो। यस्तो विषय छलफलमा बसेर टुंग्याउनुभन्दा चर्चाको विषयका लागि उठाउनु जरुरी छैन। समस्या निकाल्ने होइन, भएकाहरु समाधान गर्ने हो। सरकार त्यसका लागि तयार छ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट
बाढीपहिरोले थलियो विद्युत् क्षेत्र, १ हजार मेगावाट उत्पादन प्रभावित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
बाढीपहिरोले थलियो विद्युत् क्षेत्र, १ हजार मेगावाट उत्पादन प्रभावित सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्