काठमाडाैं- एमेजन कम्पनीका मुख्य कार्यकारी अधिकारी (सीईओ) जेफ बेजोसले पदबाट राजीनामा दिने भएका छन्। उनले ५ जुलाईमा राजीनामा दिने घोषणा गरेका हुन्।
वरिष्ठ टेक्नोलोजी रिपोर्टर डेव लीलेका अनुसार उक्त कम्पनीको सेयर होल्डरहरूको बैठकमा बेजोसले यो मिति आफ्ना लागि विशेष भएको बताएका थिए।
बेजोसले भने ‘ ५ जुलाई छनोट गरेको छु। किनकि कम्पनी ५ जुलाई १९९४ मा गठन भएको थियो, २७ वर्ष पहिले।’
किताब बेच्न अनलाइन शपका रूपमा एमेजन सुरु गरेका बेजोसले बुधबार कम्पनीका एन्डी जेसीले सीईओको पदभार सम्हाल्ने जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।