विराटनगर- ३८ सय किलो सुन तस्करी र शनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त मनिएका चूडामणि उप्रेती (गोरे) को बयान सकिएको छ। मोरङ जिल्ला अदालतमा गत बुधबारदेखि सुरु भएको गोरेको बयान ४ दिनमा सकिएको हो। शुक्रबार सकिने भनिएको बयान नसिएपछि आज पनि न्यायाधीश नारायणप्रशाद शर्माको ३ नम्बर इजलासमा गोरेको बयान लिइएको थियो। गोरेको बयान ३७ पेजमा समेटिएको छ।
आज गोरे विरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु हुनेछ। साढे २ बजेदेखि सुरु हुने थुनछेक बहसमा गोरेका तर्फबाट अधिवक्ता यमबहादुर मगरले बहस गर्नेछन्। यस्तै सरकारी पक्षबाट जिल्ला न्यायाधीवक्ता पुन्यप्रसाद पाठक र रोहित बस्नेतले बहस गर्दैछन्। यस्तै शनम शाक्य हत्याकाण्डको जाहेरवालाका पक्षबाट वकिलहरु डम्बरबहादुर थापा मगर, विनोद यादव र नगेन्द्र थापाले बहस गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।