मस्काे- रसियाका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोवाकले रूस र साउदी अरेबिया मिलेर मानवयुक्त अन्तरिक्ष मिशनकाे तयार गरिरहेकाे बताएका छन्। यसका लागि रुसले साउदी अन्तरिक्ष यात्रीलाई प्रशिक्षण दिइरहेको उनले जानकारी दिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुस र साउदी दुबै कच्चा तेलको प्रमुख निर्यातकर्ता हुन्। तेल खानीमा भएकाे सम्झौताले दुई बीचको सम्बन्ध राम्राे छ। दुई देशका अन्तर सरकारी अधिकारीहरुबीच भएकाे भर्चुअल वार्तापछि उनले भने, 'दुबै देश अन्तरिक्ष अभियानको क्षेत्रमा मिलेर काम गर्नेछाैं। योजना अहिले चलिरहेको छ। विशेष गरी अन्तरिक्ष यात्रीहरुलाई तालिम दिने काम भइरहेकाे छ।'
आधिकारिक वक्तव्यमा थप जानकारी दिइएको छैन।
यस वर्षको आरम्भमा रूसी अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले सन् २०२२ सम्ममा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बाहिर निस्किने र आफ्नै अन्तरिक्ष स्टेशनको निर्माण गर्ने जानकारी दिएकाे थियाेर
राष्ट्रपति भ्लादिमीर पुटिनबाट स्वीकृति पाएपछि अन्तरिक्ष एजेन्सीले अन्तरिक्ष स्टेशनलाई अर्बिटमा पठाउन तयार हुनेछ।
यसका साथै दुई दशकभन्दा बढी समयदेखि कायम भएकाे अमेरिका र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको रूससँगको सहयोग समाप्त हुनेछ विश्वास गरिएकाे छ।
यसले रूसी अन्तरिक्ष अभियानको नयाँ अध्याय सुरू गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।