काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्रै काठमाडौंमा मेट्रो रेल चल्ने दाबी गरेका छन्।
गत जेठ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले काठमाडौंमा ३ वर्षभित्र मेट्रो रेल चल्ने दाबी गरेका हुन्।
'काठमाडौं मेट्रो निर्माण कम्पनीसँग महानगरपालिकाले लिखित एमओयू गरिसक्यो,' प्रधानमन्त्रीले भने, 'तीन महिना फिजिबिलिटी, त्यसपछिको ६ महिना डिटेल सर्भे, त्यसपछि तीन वर्षभित्र काठमाडौंमा मेट्रो चल्छ।'
सबै काम हेर्दाहेर्दै हुने उनले बताए। 'यो योजनाहीन ढंगले भनिएको छैन। पानी जहाज निदाएको बेला देखेको सपना ब्युँझिएर भनेको होइन मैले', प्रधानमन्त्री ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।