काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम आकांक्षाहीन नभएको बताएका छन्।
गत जेठ ७ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको आइतबार प्रधानमन्त्रीले जवाफ दिइरहेका छन्।
‘कतिपय मान्यजीहरुले टिप्पणी गर्नुभयो– नीति तथा कार्यक्रम महत्त्वाकांक्षी भयो’, प्रधानमन्त्रीले भने, ‘म स्वीकार गर्छु, नीति तथा कार्यक्रम आंकाक्षाहीन छैन।’
‘सम्पूर्ण नेपाली जनताका आकांक्षाहरु, राम्रा र सकारात्मक आकांक्षाहरुको समष्टी एउटा व्यक्तिको वैयक्तिक आकांक्षा जस्तो सानो र सीमित मात्रै छैन। बृहत छ’, उनले भने।
प्रधानमन्त्रीले नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त नभएको चर्चा गरे। ‘पहिलो विश्वमा पुग्न कति वर्ष लाग्छ? सुरु त गर्नुपर्यो नि’, प्रधानमन्त्री ओलीले प्रश्न गरे। उनले नीति तथा कार्यक्रम बजेट नभएको समेत चर्चा गरे। ‘सुरु भइसकेका कार्यक्रम नीति तथा कार्यक्रममा राखिरहनु पर्दैन’, ओलीले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।