काठमाडौं– सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन्। तीन दिनदेखि चलेको छलफलमा दर्ता भएका संशोधन र संसदमा बोल्ने सांसदहरुले राखेका प्रस्तावहरुमा केन्द्रित हुँदै प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हुन्।
जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। उक्त कार्यक्रममाथि बुधवारदेखि प्रतिनिधि सभामा छलफल सुरु भएको थियो। कार्यक्रममा सत्तालाई सर्मथन गरेका मधेशी दलसहित प्रतिपक्ष दलसहितको ८ वटा संशोधन दर्ता भएको थियो।
मधेश केन्द्रित दलहरुले सरकारको कार्यक्रम सपनामुखी भएको आरोप लगाउनुको साथै संविधान संशोधन र संघियता कार्यान्वयनमा केन्द्रित नभएको आरोप लगाएका थिए।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले संसदमा राष्ट्रपति विद्यादेवि भण्डारीले सदनको मानहानी गरेको र नीति तथा कार्यक्रम सपनाले मात्र भरिएको दस्तावेज भएको भनि आलोचना गरेका छन्।
प्रधानमन्त्री ओलीले आज संसदमा उठेका प्रश्नमाथि सम्वोधन गर्दै नीति तथा कार्यक्रमको छलफल अन्त्य हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।