काठमाडौं– अमेरिकाले कोरोना भाइरसको संक्रमण बढेको भन्दै जापान र श्रीलंका भ्रमण नगर्न आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ। यसअघि अमेरिकाले आफ्ना नागरिकलाई भारत नजान भन्दै ट्राभल एड्भाइजरी जारी गरिसकेको छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सूचना जारी गर्दै भ्रमण नगर्न भनेको हो। अमेरिकाले लेभल–४ को स्वास्थ्यसम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको समाचारमा उल्लेख छ।
साथै, जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएकाले अमेरिका फर्कनुपर्ने आफ्ना नागरिकहरुलाई राजदूतावासमा सम्पर्क राख्नसमेत आग्ह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।