भारत– पछिल्लो २४ घन्टामा भारतमा १ लाख ९६ हजार ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो एक महिनामा यो सबैभन्दा कम संक्रमितको संख्या हो।
१४ अप्रिलपछि पहिलो पटक २४ घन्टामा कम संक्रमण पुष्टि भएको हो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण थप ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ।
यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ३१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।