काठमाडाैं- डब्ल्यूएचओका महानिर्देशक डाटेड्रोस आधनम गेब्रियससले स्वास्थ्य उपकरणको अभावका कारण कोरोना संक्रमणबाट धेरैको ज्यान गएको स्वीकार गरेका छन्।
उस्वास्थ्य उपकरणको अभावका कारण धेरै मानिसहरूले निराशा, असहायता र असुरक्षित महसुस गरिरहेको उनले बताए।
‘व्यक्तिगत सुरक्षा कमी, स्वास्थ्य उपकरणको अभाव र खोपहरूको अभावका कारण धेरैको जीवन बचाउन सकिएन,’ उनले भने।
उनले गत १८ महिनादेखि विश्वव्यापी स्वास्थ्यको क्षेत्रमा लगातार सहयोग पुर्याइरहे पनि स्वास्थ्यकर्मीको कारण कोरोना संक्रमण कम हुँदै गइरहेको दावी गरे।
‘हामी खुशी छौं संक्रमण र मृत्युको घटना लगातार तीन हप्तादेखि घट्दै छ। तर, अझै ढुक्क हुने वातावरण छैन। अवस्था अझै नाजुक नै छ,’ उनले भने।
उनले कुनै पनि देशले संकटबाट पार पाएको सोच्न नहुने बताए। उनले सबै जनताले खोप पाएपनि संक्रमण पुन: बढ्नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।