काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेका विपक्षी गठबन्धनले हस्ताक्षर संकलनको काम लगभग टुंग्याएको छ। कतिपय सांसदले सर्वोच्च अदालतमै हस्ताक्षर गर्ने बताइएको छ। सिंहदरबारमा हस्ताक्षर संकलन गरेर सर्वोच्च जाने उनीहरुको तयारी छ।
एमालेका २३ जना सांसदको हस्ताक्षर जुटेको छ। गत शुक्रबार सो पक्षका २६ जनाले हस्ताक्षर गरेका थिए। तर, रिट हाल्ने बेलामा भने गोकर्ण विष्ट, पवित्र निरौला र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन्।
विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरलाकुमारी यादव, कल्याणी खड्का, १० लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले हस्ताक्षर गरेका छन्।
एमाले सांसद विरोध खतिवडाका अनुसार, कतिपय साथीहरु जिल्ला बाहिर रहेको र अदालतलाई ‘ओरजिनल’ हस्ताक्षर चाहिने भएकाले केही संख्या कम भएको बताए। केही सांसदहरु भने अदालतमै आउने जानकारी पाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।