काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षको कार्यकारिणी समिति बैठकको निर्णय अमान्य हुने अध्यक्ष महन्थ ठाकुरले बताएका छन्।
शनिबार संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादवपक्षको कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष ठाकुर, नेता महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लालाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
तर, आइतबार विज्ञप्ति जारी गर्दै ठाकुरले कोरोना महामारीका कारण जेठ ८ र ९ गतेको कार्यकारिणी समितिको बैठक स्थगित भइसकेको अवस्थामा गोप्यरुपमा कार्यकारिणी समिति बैठक बसेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। कार्यकारिणी समितिको त्यस्तो बैठकबाट भएका निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।
भट्टराई-यादवपक्षले दलको प्रमुख सचेतकमा महतो नियुक्त भएको विषयमासमेत खण्डन गर्दै दलको नेता उपेन्द्र यादव भएको निर्णय गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।