फाइल तस्वीर।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन्। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका पत्रकारहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले आउँदो कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन हुने बताएका हुन्।
उनले चुनाव हुँदैन भनेर नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले' भ्रम फिँजाएको बताए। चुनाव भएपछि नेपाल र दाहालको बेहाल हुने पनि ओलीको टिप्पणी छ।
'चुनाव हुँदैन भन्ने माधव-प्रचण्डको खेती हो। चुनाव भयो भने उनीहरुको बेहाल हुन्छ', एमाले अध्यक्ष समेत रहेका ओलीले भने, 'माधव नेपालसँगको सम्बन्ध अब पास्ट टेन्स भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।