काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने आन्दोलनको कार्यक्रमबाट नेविसंघका नेता नवराज त्रिपाठी पक्राउ परेका छन्।
त्रिपाठीलाई मध्यबानेश्वरबाट पक्राउ गरी तीनकुनेस्थित प्रहरी वृत्तमा राखिएको संघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
‘प्रतिगामी कदमकोविरुद्ध प्रतीकात्मक विरोधस्वरुप प्रतिगमनका मतियार र दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने’ विरोध कार्यक्रम गरिएको नेविसंघले जनाएको छ।
प्रतिनिधि सभाको विघटन घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको संघका अध्यक्ष राजीव ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिगमनका विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको ढुङ्गानाले विज्ञप्तिमा उल्लेख गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।