काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुर–महतोसहित उनीहरु पक्षका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
पार्टीको निर्णय विपरीत केपी शर्मा ओलीलाई सघाउन लागिपरेको भन्दै ठाकुर र महतोसहितका ४ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी जसपाका एकजना नेताले जानकारी दिए।
जसपाको ५२ जना (जेलमा रहेका रेशम चौधरी) सहित कार्यकारिणी समिति छ। त्यसमध्ये शनिबारको बैठकमा ३० जना सदस्य भौतिक रुपमा २ जना सदस्य भर्चुअल रुपमा (जूम मिडिङमार्फत) सहभागी भएका जनाइएको छ।
बहुमत सदस्यहरु सहभागी भएको बैठकले अध्यक्ष ठाकुर तथा वरिष्ठ नेता महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।