काठमाडौं– राष्ट्रिय जनमोर्चा (राजमो)ले गण्डकी प्रदेश सभा सदस्य (सांसद) समेत रहेका पार्टी केन्द्रीय सदस्य कृष्ण थापालाई काबारही गरेको छ।
पार्टीको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्यसहित पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई १ वर्षका लागि निलम्वन गर्ने निर्णय गरेको हो। थापालाई तत्काल प्रदेश सभा सदस्यबाट भने हटाइएको छैन।
थापाले पार्टीको निर्देशन विपरीत गण्डकी प्रदेश सरकारकाविरुद्ध विपक्षी दलहरु मिलेर गठन गर्ने सरकारका लागि प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको दाबी पत्रमा हस्ताक्षर गर्न अस्वीका गरेको आरोप छ।
बैठक पछि पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै थापाले सार्वजनिक रुपले पार्टी प्रतिष्ठामा आँच पुग्नेगरी लगातार अभिव्यक्ति दिएको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।