काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनलाई बाह्य हस्तक्षपसँग जोड्दै आलोचना गरेका छन्।
शनिबार वक्तव्य सार्वजनिक गर्दै उनले तुच्छ सत्तास्वार्थ केन्द्रित भई बाह्य हस्तक्षपको आमन्त्रण एवं अभ्यास भइरहेको बताएका हुन्। सरकार फासिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भएको उनको आरोप छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गरिदिएपछि पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्षका साथ सजग रहन अपिल गर्दै आएको उनले स्मरण गरेको छ। ‘यो स्थितिका लागि प्रधानमन्त्री ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्रविरोधी दृष्टिकोण, पद तथा सत्ता स्वार्थ केन्द्रित चरम व्यक्तिवादी महत्त्वाकांक्षा र राष्ट्रिय स्वाधिनताको मुद्दालाई सौदावाजीको विषय बनाउने सत्तास्वार्थ केन्द्रित राष्ट्रिय आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ,’ वक्तव्यमा भनिएको छ।
उनले आफ्नो पार्टी पछिल्लो कदमको विरुद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गर्न प्रतिबद्ध रहेको बताएका छन्। साथै, राष्ट्रिय स्वाधिनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षका उभिन र संघर्ष गर्न सबैलाई अपिल पनि गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।