फाइल तस्वीर
काठमाडौं- सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। दिउँसो चार बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो शुरु भएको हो।
शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका हुन्।
बैठकमा एमालेमा विद्रोह गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि समर्थन गरेका वरिष्ठन नेता माधवकुमार नेपालपक्षका २७ जना सांसदमध्ये केहीलाई कारवाही गर्ने अजेण्डामा समेत छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।