काठमाडौं– राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल)लाई हराउन भूमिका खेलेको भन्दै नेकपा एमालेको बागमती प्रदेश संसदीय बोर्डले बागमती प्रदेश सभाका १४ जना सदस्य (प्रदेश सांसद)लाई स्पष्टीकरण सोधेको छ।
केही दिनअघि भएको उपनिर्वाचनमा पार्टीको चुनाव चिह्न सूर्य बाहेकमा मतदान गरेको, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको, पार्टी विरोधी गतिविधीमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको बागमती प्रदेश सांसद केशवराज पाण्डेले बताए।
उनीहरुलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टीकरण पेस गर्न भनिएको छ।
स्पष्टीकरण सोधिएकाहरुमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, वसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद खनाल, शान्ति प्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुम कार्की र पार्वती सिलवाल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।