काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको स्थायी समिति सदस्य गरिराजमणि पोखरेलले जानकारी दिए।
ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विकसित घटनाक्रमका विषयमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको स्थायी कमिटी सदस्य पोखरेलले जानकारी दिए।
प्रतिनिधि सभा विघटन भएपछिको अवस्थामा लिने रणनीतिका विषयमा छलफल हुने पोखरेलले बताए।
प्रतिनिधि सभा विघटन भएपछि पाँच दलको सर्वदलिय बैठक संसद भवन वाँनेश्वरमा बसेको थियो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरु समेत बैठकमा सहभागी भएका थिए।
बैठकले ओलीको कदमलाई गैरसंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमन भएको भन्दै १४९ जना सांसदको हस्ताक्षरसहित आइतबार सर्वोच्च जाने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।