• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जनता आवास कार्यक्रम : विपन्नलाई आशा देखाएर पीडा थप्ने काम!

64x64
नेपाल लाइभ शनिबार, जेठ १२, २०७५  ०६:३२
1140x725

राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी ६० वर्षीया दुखनीदेवी सदाले नयाँ घरमा बस्न पाउँला भन्ने आशा लिएको वर्षौं भयो।

होस सम्हालेदेखि नै झुप्रोमा दिन कटाउँदै आएकी उनलाई जनता आवास कार्यक्रम अन्तर्गत सरकारले नयाँ घर बनाई दिने खवर सुन्दा खुसीसँगै उत्साह समेत नजागेको होइन। नयाँ घर बनाउनका लागि ठाउँ खाली गर्न भएको झुप्रो पनि उनले भत्काइन्। तर, काम पूरा नहुँदा यतिबेला उनको अवस्था झन् दयनीय बनेको छ।

दुखनीदेवीको मात्र होइन, सोही ठाउँकी संझा सदाको अवस्था पनि उस्तै छ। गत पुसको ठन्डीमा जसो–तसो आफू र काखे वच्चाको ज्यान बचाएकी उनी नयाँ घरकै आशामा वर्षा पनि बिताउनुपर्ने हो कि भन्ने पिरालोमा छिन्। जाडोको समयमा उनी भर्खरकी सुत्केरी थिइन्।

जनता आवास कार्यक्रम लागू भएको र सरकारकै तर्फबाट विपन्न दलितलाई नयाँ घर बनाइदिने कुरा गाउँमा फैलिँदा त्यहाँका ५० घर दलितमा खुसी छाएको थियो। तर, अहिलेसम्म पनि उनीहरुले नयाँ घर पाउन सकेका छैनन।

स्थानीय झमेली सदाका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत नयाँ घर बनाउने भन्दै गत कात्तिकमै उनीहरुका घर भत्काइयो। तर, निर्माण कार्य भने अहिले पनि पूरा भएको छैन। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीका कर्मचारी र निर्माण समितिका मानिसहरुको आश्वासनमा पर्दा आफूहरुको बिचल्ली भएको उनले बताइन्। 

सप्तरीका १ हजार २ सय ४८ घर दलित तथा विपन्न परिवारको समस्या एउटै छ। दलित तथा अतिविपन्न परिवारका लागि सरकारले आर्थिक वर्ष २०७३/७४ मा १ हजार पक्की घर निर्माण गर्ने योजना स्वीकृत गरेको थियो। नयाँ घर बन्ने भएपछि अधिकांशको घर भत्काइएको छ। कार्यविधि अनुसार सोही आर्थिक वर्षभित्र घर निर्माण भइसक्नुपर्ने थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार १ हजारमध्ये हालसम्म १० वटा घर मात्रै बस्न लायक छन्। बाँकी केही घर तयारीको अवस्थामा छन् भने अधिकांश घर गाह्रो लगाउने अवस्थामा छन्।

आर्थिक वर्ष ०७२/०७३ मा स्वीकृति प्राप्त ४ सय १० मध्ये करिब २ घर मात्र निर्माण सम्पन्न भएका छन्, बाँकी घर अझै बन्न सकेको छैन। सहरी विकास कार्यालयको तथ्यांक अनुसार आर्थिक ०७३/०७४ मा सप्तरीमा जनता आवास कार्यक्रमका लागि ९ करोड बजेट छुट्याइएको थियो। गत आर्थिक वर्षको यो कार्यक्रम साविकका ५२ वटा गाविसमा सञ्चालित छ।

आवास विहीन परिवारलाई आवास उपलब्ध गराउने सरकारी योजना अनुसार आर्थिक वर्ष ०६६/०६७ देखि नै सप्तरीमा जनता आवास कार्यक्रम सञ्चालनमा छ। सुरुदेखि हालसम्म जिल्लामा स्वीकृति प्राप्त ३ हजार ५ सय ५७ मध्ये १ हजार ७ सय ५७ घर निर्माण सम्पन्न भएको कार्यालयको तथ्यांक छ।

Xtrem

Xtrem

घर निर्माणमा समस्यै समस्या

डिभिजन कार्यालयका प्रमुख रमेश थिङले विभिन्न कारणले घर निर्माणको काम सोचे अनुसार नभएको स्वीकार गरे। असार–साउनको बाढी, यसैबीच भएका विभिन्न चरणका चुनाव, शीतलहर र जाडोका कारण पनि निर्माण कार्य प्रभावित भएको उनले बताए।

यसैगरी, एउटै ठाउँमा मात्र योजना केन्द्रित नरही जिल्लाको चौतर्फी ठाउँमा धेर–थोर घर निर्माणको योजना छरिएको अवस्था रहनु र लाभग्राही स्वयं पनि यसका लागि जागरुक नहुँदा काममा ढिलाइ भइरहेको उनको तर्क छ। 

वजेट कम भएपछि चालु आवको सम्झौता नै रोकियो

चालु आर्थिक वर्ष २०७४/७५ मा ८ सय विपन्न दलित परिवारका लागि स्वीकृत योजना बजेट अभावका कारण अलपत्र परेको छ। लाभग्राहीको पहिचान र सर्भेक्षणको काम सम्पन्न भए पनि सम्झौता हुन सकेको छैन।

विषहरिया, कञ्चनपुर, मलेठ, वोदेवरसाइन, लालापट्टि, छिन्नमस्ता, हरिपुर, वनौली, वज्राहिगढी लगायतका गाउँमा विपन्न दलितका लागि ८ सय घर निर्माणका लागि सर्भेक्षण भए पनि बजेट अभावकै कारण काम सुरु गर्न नसकिएको डिभिजन प्रमुख थिङले जनाए।

‘हामीसँग करिब २ करोड मात्र बजेट बाँकी छ,’ उनले भने, ‘पुराना अधुरा काम अघि बढाउनलाई नै त्यसले भ्याउने अवस्था छैन।’ उनले चालु आर्थिक वर्षका लागि स्वीकृत घर निर्माणको सम्झौता गर्नासाथ रकमको माग गर्न लाभग्राहीको दौडधुप हुने र बजेट नरहेका कारण सम्झौता समेत गर्न नसकिएको विवशता सुनाए।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा सोमबार, असोज १२, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? सोमबार, असोज १२, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्