काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठकले वैकल्पिक सरकारका विषय कुनै निर्णय लिन सकेन।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत उपस्थित थिए।
वैकल्पिक सरकारका विषयमा गरिएको छलफलमा जनता समाजवादी पार्टी एकमत नभएका कारण कुनै निष्कर्ष निकाल्न नसकिएको नेताहरुले बताए छन्।
बैठकबाट बाहिरिन क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुन विकल्पमा जाने भन्नेमा अझै अन्योल रहेको बताए। उनले भने, 'अहिले छलफल गरिइ कुनै निष्कर्ष निस्केन। दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ। त्यहीँबाट निष्कर्ष निकालिनेछ।'
अहिल्यै निष्कर्षमा नपुगे पनि छलफलको क्रम भने जारी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।