काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।
जेठ ४ गते अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्रमा जेठ ८ र ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको थियो।
तर शुक्रबार जसपाका अध्यक्ष ठाकुरको एकल हस्ताक्षरमा बैठक स्थगित गरिएको सूचना जारी भएको छ।
ठाकुरले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,‘यसअघि जेठ ४ गते जानकारी गरिए अनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।