फाइल तस्वीर।
काठमाडौं- आगामी रणनीति तय गर्न नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भेला हुँदैछन्।
उनीहरू सिंहदरबारस्थति् संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा उनीहरू भेला हुँदैछन्। अहिलेसम्म त्यहाँ १२ जना सांसद भेला भएका छन्।
अरु सांसदहरू आउने क्रम जारी छ। नेता नेपाल भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्।
त्यहाँ देउवा, नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका आह्वान गरेकी थिइन्। जुन समय आज साँझ ५ बजे सकिँदैछ।
विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति बनाउने चरणमा छन्। यसमा एमालेको नेपाल समूहले पनि साथ दिने सम्भावना देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।