मुम्बई- अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ‘ताउ ते’ चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक बार्ज पी ३०५ जहाज डुब्दा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि भएको छ।
जसमा सवार ६० भन्दा बढी मानिस अहिले पनि हराइरहेको भारतीय जल सेनाले जनाएको छ।
सो पानी जहाजमा २६१ सवार थिए, यो जहाजबाट १८० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको छ।
‘ताउ ते’ गुजरातबाट अघि बढिरहेको छ। तर, यसअघि ‘ताउ ते’ले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको थियो।
‘ताउ ते’ का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिन पछि गुजरातको अवस्थाको जानकारी लिएका छन्।
उनी भावनगरमा उत्रिएका थिए। उनले उना, डियो, जाफराबाद र महुवाको हवाई सर्वेक्षण गरेका छन्। उनको साथ गुजरातका मुख्यमन्त्री विजय रुपाणी पनि थिए।
अधिकारीहरूका अनुसार गुजरातका १२ जिल्लामा चक्रवातका कारण ४५ जनाकाे ज्यान गएकाे छ। सौराष्ट्र क्षेत्रको अमरेली जिल्लामा १५ जनाको मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।