ढाका- कोरोना भाइरसको नयाँ प्रकार (इन्डियन भेरियन्ट)बाट बंगलादेशमा पहिलो मृत्यु भएको छ। सरकारको संक्रामक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले सोमबार पहिलो मृत्यु भएको जनाएको हाे।
कार्यालयले मंगलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए। बंगलादेशमा अहिलेसम्म छ व्यक्तिमा नयाँ प्रकारको संक्रमण पुष्टि भएको छ, जसमध्ये एकको मृत्यु भएको हो।
उनी क्यान्सर र अन्य रोगबाट पीडित थिए।
भारतमा कोभिड–१९ संक्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो।
यता, बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएकाे छ। यसबीचमा महिनाको सुरुमा कोरोनाका दुई नयाँ केस पत्ता लागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।