न्यूयोर्क- न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीसँग सम्बन्धित मुद्दामा आपराधिक अनुसन्धान सुरु गरेको बताएको छ।
राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सले यो मुद्दामा अनुसन्धान गर्दैछिन्।
उनले बैंकहरुबाट ऋण लिने प्रयोजनका लागि ट्रम्पले आफ्नो सम्पत्तिको मूल्यांकन भएभन्दा अधिक देखाएको आरोप लगाएकी छिन्।
यस्तै, कर कम गर्नका लागि सोही सम्पतीको मूल्यांकन कम गराएको पनि ट्रम्पमाथि आरोप छ।
‘हामीले अर्गनाइजेशनमाथि अनुसन्धान सुरु गरिसक्यो। यो मुद्दा अब देवयानी रहेन,’ जेम्सका प्रवक्ता फाबियन लेभीले मंगलबार एक विज्ञप्तिमा भने,‘हामी अब सक्रिय रूपमा फौजदारी अनुसन्धान गर्दैछौं।’
महान्यायाधिवक्ताको कार्यालयले ट्रम्प अर्गनाइजेशनका म्यानहटन, न्यूयोर्क, सिकागो र लस एन्जलसमा रहेका कार्यलयबाट कागजातहरु पनि माग गरेको छ।
यता, ट्रम्पले आफूमाथि भइरहेको अनुसन्धान पूर्ण रुपमा राजनीतिक रहेको दाबी गरेका छन्। उनले आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन्।
जेम्सले सन् २०१९ को मार्चदेखि पूर्वराष्ट्रपति ट्रम्प र उनको संस्थाले राष्ट्रपति बन्नु पूर्व गरेका आर्थिक गतिविधिमाथि छानबिन गरिरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।