काठमाडौं– भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ।
यो अमेरिकामा जनवरी महिनामा एक दिनमा भएको मृत्यु भन्दा धेरै हो। अमेरिकामा जनवरीमा एक दिनमा सबैभन्दा धेरै ४ हजार ४ सय ७५ जनाको मृत्यु भएको थियो भने भारतमा एक दिनमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
१२ मे पछि भारतमा दैनिक मृत्युदर ४ हजार भन्दा बढी भएको यो सातौं पटक हो।
भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार थप भएको मन्त्रालयले जनाएको छ। भारतमा तीन दिनयता संक्रमितको संख्या तीन लाख भन्दा कम पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।